शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
बयान

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणसहित तीन जनाको बयान सुरु

शुक्रबार, १९ जेठ २०८०, ११ : ४६
शुक्रबार, १९ जेठ २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित तीन जनाको बयान सुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा खाणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र ललितपुर निवासी हरिभक्त महर्जनको बयान सुरु भएको हो ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीनै जनाले बयान दिन सुरु गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ३० जनालाई प्रतिवादी बनाएकोमा १८ जना पक्राउ परेका छन् भने बाँकी १२ जना फरार छन् । पक्राउ परेकामध्ये खाण, रिजाल र महर्जनसँगमात्र बयान लिन बाँकी छ । अन्य १५ प्रतिवादीसँग बयान लिइसकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप