ए डिभिजन लिगमा आज तीन खेल हुँदै
शनिबार, २० जेठ २०८०, ०८ : २३
काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदै छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुई वटा खेल हुनेछन भने अर्को एक खेल च्यासल मैदान, ललितपुरमा हुनेछ ।
च्यासल मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लब र सातदोवाटो युवा क्लबका बीचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । उता, दशरथ रङ्गशालामा हुने पहिलो खेलमा थ्री स्टार क्लब र एपिएफ फुटबल क्लबबीच भिडन्त हुनेछ । , जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
यसैगरी, रङ्गशालामा हुने दोस्रो खेलमा भने चर्च ब्वाईज र जावालाखेल युथ क्लब आमने सामने हुनेछन्, जुन खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण