जङ्गली च्याउ खाँदा आमा छोराको मृत्यु
शनिबार, २० जेठ २०८०, ११ : ४१
धनकुटा । धनकुटामा जङ्गली च्याउ खाएर बिरामी भएका मध्ये थप एकको मृत्यु भएको छ । जङ्गली च्याउ खाएर हिजो आमाको निधन भएको थियो भने आज उपचारको क्रममा छोराका पनि मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जङ्गली च्याउ खाएर मृत्यु हुनेमा सहिद भूमि गाउँपालिका–३ घर भई हाल धनकुटा नगरपालिका–७ चुली वनमा बस्दै आएका २८ वर्षीय मुना राई र उनका ७ वर्षका छोरा सचिन रहेका छन् ।
गत सोमबार जङ्गलबाट च्याउ ल्याएर खाएका आमा छोरा अत्यधिक बान्ता र झाडापखालाबाट गम्भीर बिरामी परे पछि उपचारका लागि धनकुटा जिल्ला अस्पतालमा ल्याइएको थियो ।
तर, त्यहाँ पनि उपचार सम्भव नभए पछि दुवै जनालाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो । तर, उपचारको क्रममा शुक्रबार आमाको निधन भएको थियो भने ७ बर्सिया छोरा सचिनको आज निधन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च अदालतमा रिट
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण