विराटनगरका स्कुल थप तीन बन्द रहने
विराटनगर । अत्याधिक गर्मीका कारण गत १८ गते बिहीबारदेखि बन्द रहेका विराटनगर महानगरपालिकाका सबै सार्वजनिक तथा संस्थागत विद्यालयहरु २३ गते मंगबारसम्म बन्द रहने भएका छन् । विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिएका छन् ।
महानगरपालिकाले अत्याधिक गर्मीका कारण विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाई भएको एवम् विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै १८ गते र १९ गतेसम्म दुई दिन विदा दिने निर्णय गरेको थियो । विदाको समयावधि बढाउँदै महानगरपालिकाले जल तथा मौसम विज्ञान विभागबाट अझै केही दिन तराई क्षेत्रमा तातो हावा तथा लु लाग्ने सम्भावना रहेकोले सोबाट बच्नका लागि भन्दै थप तीन दिन विदा दिने निर्णय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण