८२ प्रतिशत कर्णालीबासी खाना पकाउन काठ–दाउरामै निर्भर !
सुर्खेत । मानव विकास सूचकाङ्कमा पछि रहेको कर्णाली प्रदेशका अधिकांश नागरिकले काठ दाउराकै सहायतामा खाना पकाउने गरेका छन् ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको प्रदेशको तथ्याङ्क अनुसार ८२.२ प्रतिशत घर परिवार खाना पकाउनका लागि काठ दाउरामै निर्भर रहेका छन् ।
जनगणना ०७८ अनुसार कर्णालीमा ३ लाख ६६ हजार २५५ परिवार संख्या रहेको छ । अहिलेसम्म सबैजसो गाउँ ठाउँमा ग्याँस, बिजुली नपुगेका कारण अधिकांश कर्णालीबासी परम्परागत रुपमा प्रयोग गर्दै आएका काठ दाउरामै निर्भर रहेका हुन् ।
तथ्याङ्कअनुुसार १६.९ प्रतिशत परिवारले खाना पकाउन अक्सर एलपी ग्यासको प्रयोग गर्ने गरिरहेका छन् भने ०.४ प्रतिशत परिवारले बायोग्यासको माध्यमबाट खाना पकाउने गरेका छन् । बिजुली प्रयोग गर्ने परिवारको संख्या ०.१ प्रतिशत मात्रै रहेको छ ।
१० बर्षअघिसम्म कर्णालीबासी पूर्ण रुपमा काठ दाउरामै निर्भर रहेका थिए । अहिलेको युगमा मान्छेहरु हरेक काममा सहजता र नयाँ प्रविधिको प्रयोगमा रमाउने गर्छन । तर, कर्णाली अझै पनि परम्परागत जीवनयापनबाट प्रविधिको विकासतर्फ फड्को मार्न सकिरहेको छैन ।
१० वर्षको अन्तरालमा १२.३ प्रतिशत परिवार काठ दाउराबाट ग्यास, बिजुलीतर्फ अग्रसर भएको देखिन्छ । ती परिवार भनेको सहर बजारका मात्रै हुन् ।
अधिकांश कर्णालीबासी सोलारमा निर्भर
कर्णालीमा अझैपनि विद्युत विकासको अवस्था कमजोर छ । उज्यालोका लागि अधिकांश कर्णालीबासी सोलार, मट्टीतेल प्रयोग गरिरहेका छन् भने रोजगारीका लागि कालापहाड जानेहरुको जमात उल्लेखनीय रहेको छ ।
तथ्याङ्कअनुसार अहिलेसम्म ४९.६ प्रतिशत परिवारमा बिजुली पुगेको छ । बत्ती बाल्नका लागि ४९.९ प्रतिशत परिवारहरु सोलार÷सौर्य उर्जामा निर्भर रहेका छन् भने ०.५ प्रतिशत परिवार मट्टीतेल र १.९ प्रतिशत परिवारले इन्धनको प्रयोग गर्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण