अचेत भेटिएका व्यक्तिको उपचारका क्रममा मृत्यु
आइतबार, २१ जेठ २०८०, १२ : ११
दार्चुला । दार्चुला सदरमुकाम खलङ्गामा अचेत अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । उनको आज बिहान जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
गए राति गस्ती गर्ने क्रममा प्रहरीले खलङ्गास्थित बसपार्कमा ती व्यक्तिलाई रक्ताम्य अवस्थामा फेला पारेको हो । राति नै प्रहरीले उनलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याएको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
टाउको र शरीरभरि घाउ भएका ती व्यक्तिको नाम र ठेगाना खुल्न सकेको छैन । उनको शव जिल्ला अस्पतालमा राखिएको छ । ती व्यक्तिको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च अदालतमा रिट
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण