आयोजक टिका भैरव टिम च्याम्पियन
काठमाडौँ । आयोजक टिका भैरव सो–क्योकुसिन कराते ब्रान्च डोजो ‘छैटौं राष्ट्रव्यापी टिका भैरव सो–क्योकुसिन कराते प्रतियोगिता’मा टिम च्याम्पियन बनेको छ । टिका भैरवले पाँच स्वर्ण, तीन रजत र दुई कांस्य पदक जित्दै उपाधि हात पारेको हो ।
गोदावरी नगरपालिका—६ स्थित टिका भैरव मन्दिरको प्रांगणमा भएको प्रतियोगितामा एक स्वर्ण र दुई रजतसहित ठेचो डोजो दोश्रो भयो । तेश्रो स्थानको केन्द्र डोजोले एक स्वर्ण र एक कांस्य हात पा¥यो । प्रतियोगितामा पुरुषतर्फ आयोजक टिकाभैरवका अर्जुन नगरकोटी र महिलातर्फ केन्द्रकी अन्सु राई उत्कृष्ट खेलाडी घोषित भए ।
पुरुष ३० केजी तौलसमूहमा विश्वास मार्फा तामाङ, ३५ केजीमा निरोज नगरकोटी, ५० केजीमा राजेश नगरकोटी, ६० केजीमा अजय तामाङ र खुला तौलसमूहमा अर्जुन नगरकोटीले टिका भैरवलाई स्वर्ण पदक दिलाए । पुरुष ४० केजीमा ठेचोका आशिष घिमिरे र महिला खुला तौलसमूहमा केन्द्रकी अन्शु राईले स्वर्ण पदक चुमे ।
विजयी टोली खेलाडीलाई बागमती प्रदेशका सांसद मिनकृष्ण महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, ललितपुर जिल्ला नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापति सुन्दरमान थिङ, १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुका कांस्य विजेता निकेश श्रेष्ठ, आयोजक डोजोका प्रमुख प्रशिक्षक दिनेश नगरकोटीलगायतले पुरस्कार वितरण गरे ।
दुई दिने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ एक गरी सात स्पर्धामा एक सय ५० जना खेलाडीले सहभागिता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण