राजदूत नियुक्त
राष्ट्रपतिद्वारा ६ देशमा गैरआवासीय राजदूत नियुक्त
आइतबार, २१ जेठ २०८०, १४ : ४१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ६ वटा देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन् । पौडेलले संविधानको धारा १८२ को उपधारा १ बमोजिम विभिन्न देशका आवासीय राजदूतलाई थप देश समेत हेर्नेगरी गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।
जसअनुसार मलेसियाका राजदूत डिल्लीराज पौडेललाई ब्रुनाई दारुसलाम, ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र चिली, अष्ट्रियाका राजदूत भरत कुमार रेग्मीलाई क्रोएसिया, रुसका राजदूत मिलनराज तुलाधरलाई गणतन्त्र काजखस्तान र डेनमार्कका राजदूत राम स्वार्थ रायलाई निथुआनियाको गैरआवासीय राजदूत समेत नियुक्त गरिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण