सूचना टाँस गरेर भोलि ११ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौँ । विपक्षी ३ राजनीतिक दलले गरेको अवरुद्ध प्रतिनिधिसभा बैठक सञ्चालनको प्रयास विफल भएपछि सूचना टाँस गरेर भोलि सोमबारसम्मका लागि बैठक सारिएको छ ।
आइतबार ११ बजेपछि बसेको आइतबारको बैठकमा विपक्षी दलहरू एमाले, रास्वपा र राप्रपाका सांसदहरूले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम गरेको, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको र अदालतको फैसलाको पूर्ण पाठ नआउँदै कैदीलाई आममाफी दिएको विषयमा विरोध जनाउँदै बैठक अवरुद्ध गरेका थिए ।
प्रमाणीकरण भएको विधेयक रद्द गर्नुपर्ने, संसदमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने माग गर्दै संसदमा नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले १ घण्टाका लागि बैठक स्थगित गरेका थिए । बैठक स्थगन लगतै अवरुद्ध संसद् खुलाउन सभामुख घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतक र सचेतकसँग अनौपचारिक छलफल गरेको उनका प्रेस सल्लाहाकार शेखर अधिकारीले जानकारी दिए ।
उनीहरुसँग कुरा नमिलेपछि आजको बैठक बस्न नसक्ने विशेष कारण देखाउँदै भोलि अर्थात जेठ २२ गते सोमबार बिहान ११ बजे बस्नेगरी समय निर्धारण गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण