बढिरहेको छ जुँगाको ट्रेन्ड : मानिस भन्छन्, ‘यसले आत्मविश्वास बढाउँछ, अरूको ध्यान खिच्छ’
न्युयोर्क सहरमा पछिल्लो समय जुँगा राख्ने चलन तीव्र गतिमा बढेको छ । जसले लामो दाह्री राख्थे अब उनीहरुले दाह्री काट्ने बेला जुँगा काट्न छोडेका छन् । सैलुनमा गएर दाह्री काट्ने मानिसले पनि जुँगा काटिरहेका छैनन् ।
ती मानिसका अनुसार जुँगा राख्दा उनीहरुले तारिफ पाउन थालेका छन् र उनीहरूको जुँगाले मानिसको ध्यान आकर्षित गर्न थालेका छन् । जुँगाले उनीहरूको व्यक्तित्वको परिचय दिनेसमेत उनीहरुले बताइरहेका छन् ।
अनुहारमा गम्भीरता देखिन्छ
माइक ब्लुले पछिल्लो ६ महिनादेखि जुँगा पालिरहेका छन् । उनले आफ्नो जुँगाबारे भने, ‘मेरी श्रीमतीलाई यसमा कुनै समस्या छैन भन्ने थाहा पाएपछि मैले आफ्नो यही लुकलाई अपनाएँ । म दुई सन्तानका पिता हुँ र जुँगाका कारण मलाई गम्भीर पिता हुँ भन्ने महसुस भएको छ ।’
न्युयोर्कका २७ वर्षका अभिनेता जिम्मी ब्रिवरले आफूले कोरोनाको सात महिना लामो छुट्टीका बेला जुँगा पालेको बताए । यसबारे उनले भने, ‘जसको जुँगा हुन्छ, उनीहरूमा बढी आत्मविश्वास भएको मैले पाएको छु ।’
पुरुषको जुँगा गेमचेन्जर जस्तो देखिन्छ
मेकअप स्टाइलिस्ट निकी अस्टिनका अनुसार तालु खुइलिएका पुरुषका जुँगा एक प्रकारको गेम चेन्जरजस्तो देखिन्छ । रिगवुडका आर्टिस्ट क्रिस्टिन इलुजी भन्छन्, ‘मेरो जुँगाले अरूको ध्यान खिचेको देख्दा म चकित परेँ । त्यसपछि नै मैले जुँगा राख्ने निर्णय गरेँ ।’
जुँगा नहुँदा वाउ फ्याक्टर समाप्त हुन्छ
भ्यानकुभरमा मेटी कनरेडका थुप्रै सैलुन छ । उनले अनुहारको रौँ कसरी मिलाउने भनेर युट्युब च्यानल पनि चलाउँछन् जुन निकै लोकप्रिय छ । उनी भन्छन्, ‘जुँगा नराख्ने हो भने मान्छेको वाउ फ्याक्टर नै समाप्त हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले फिर्ता गरे पोल्यान्डको सर्वोच्च राष्ट्रिय सम्मान
-
रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित (सूचीसहित)
-
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनमा देखिएको मोही मोह
-
‘भ्रष्टाचार अन्त्य गरी सुशासन ल्याउने काममा साथ दिन सांसद बनेको हुँ’
-
रास्वपा महाधिवेशनस्थलमा हेल्थ डेक्स (तस्बिरहरु)
-
‘क्रिटिक्स फिल्म अवार्ड’ : दायाहाङ र थिन्ले उत्कृष्ट, अन्य को–कसले पाए अवार्ड ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण