रास्वपा महाधिवेशनस्थलमा हेल्थ डेक्स (तस्बिरहरु)
आइतबार, ०७ असार २०८३, १२ : ४०
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय महाधिवेशन स्थलमा 'रास्वपा हेल्थ डेक्स' नाम दिइएको हेल्थ डेक्स सञ्चालन गरिएको छ ।
- हालसम्म २३ जनाले स्वास्थ्य परीक्षण गराएका छन् र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
- महाधिवेशनस्थलमा अत्याधिक गर्मी रहेकाले सचेत रहन र प्रशस्त पानी पिउन आग्रह गरिएको छ ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय महाधिवेशन स्थलमा हेल्थ डेक्स सञ्चालन गरिएको छ । ‘रास्वपा हेल्थ डेक्स’ नाम दिइएको उक्त डेक्समा अहिलेसम्म २३ जनाले स्वास्थ्य परीक्षण गरेका छन् ।
स्वास्थ्य परीक्षण गराउन आउनेहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मी अरुण केसीले बताए । महाधिवेशनस्थल अत्याधिक गर्मी रहेकाले सचेत रहन र प्रशस्त पानी पिउन समेत उनले आग्रह गरेका छन् ।

डा. तोसिमा कार्कीको संयोजकत्वमा रास्वपाले हेल्थ डेक्स स्थापना गरेको हो । कसैलाई स्वास्थ्यमा समस्या भए तुरुन्त ‘हेल्थ डेक्स’मा सम्पर्क गर्न आग्रह गरिएको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निको कप महिला टि-ट्वान्टी क्रिकेटः लुम्बिनीलाई पराजित गर्दै कोशी विजयी
-
रास्वपाको महाधिवेशनस्थलमा रवि–बालेनको डमी, तस्बिरहरु
-
‘बाः एक योद्धा’ बुबाको मुख हेर्ने दिन पारेर भदौमा रिलिज हुने
-
यी मान्छेले खानै हुन्न काँचो प्याज
-
रास्वपाद्वारा २२ सदस्यीय महाधिवेशन निर्वाचन समिति गठन
-
२० तस्बिरमा हेर्नुहोस् रास्वपाको उद्घाटन सत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण