सर्वोच्चको आदेशविरुद्ध नागरिकताबिहीनको प्रदर्शन
विराटनगर । सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका विरुद्ध विराटनगरमा प्रदर्शन भएको छ । केही दिनअगाडि राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणित गरेको नयाँ नागरिकतासम्बन्धी कानुन कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको थियो ।
उक्त ऐनमा जन्मसिद्ध नागरिकका सन्तान तथा आमाको नामबाट नागरिकता पाउने व्यवस्था छ । आजै उक्त नागरिकता वितरण सुरु भएको थियो । सर्वोच्चले नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि विराटनगरमा त्यसविरूद्ध प्रदर्शन भएको हो।
_4ghGj9Ox9E.jpg)
नयाँ कानुनअनुसार झापामा आजदेखि नागरिकता वितरण सुरू भइसकेको थियो भने मोरङ र सुनसरी प्रशासनले नागरिकता वितरणका लागि तयारी गरिरहेको बताएका थिए। सर्वोच्चको आदेशले आफूहरू थप पीडित हुने अवस्था सिर्जना भएको भन्दै एक सय हाराहारीमा सडकमा ओर्लिएका युवाले आज साँझ विराटनगरमा मसाल जुलुस प्रदर्शन गरेका छन् ।
सडकसमेत अवरोध गरेका उनीहरूले तत्कालै नागरिकता दिनुपर्ने माग गर्दै सर्वोच्चको आदेशले आफूहरू थप पीडित बन्ने बताएका थिए ।
_ItseTDhaRE.jpg)
_VbDXNbpiJo.jpg)
_49kMoedqRz.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण