उद्योगी व्यवसायीको समस्या सावधान गर्छौं : मन्त्री मोदी
विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले उद्योगी व्यवसायीहरूको समस्या सावधान गरेर अगाडि बढ्ने बताएका छन् ।
उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आइतबार विराटनगरमा आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री मोदीले उद्योगी व्यवसायीहरूको समस्या सावधान गरेर सरकार अगाडि बढ्ने बताएका हुन् ।
औद्योगिक उत्पादन, प्रवर्द्धन, आयात, निर्यात र बजारीकरण सम्बन्धी समस्या समाधानका लागि पूर्वका उद्योगी व्यवसायीको मागलाई संघीय सरकारले सहजीकरण गरेर अगाडी बढ्ने उनले बताए । उद्योग मैत्री वातावरण बनाउन पहल गर्ने उनको भनाई छ ।
‘म यही निर्वाचन क्षेत्रबाट जितेर अगाडि बढेको हो,’ मन्त्रीले मोदीले भने, ‘यहाँका औद्योगिक क्षेत्रका समस्या सुनुवाइ गर्न आफूले पहल र प्रयत्न गर्न सधैँ भरी लागि पर्नेछु ।’
उद्योगी व्यवसायीहरूले कोशी प्रदेशबाट उत्पादन भएको बस्तु निर्यातमा सहजीकरण राज्यले गरिदिनुपर्ने माग राखे । उनीहरुले अहिले भइरहेको विद्युतको समस्याको सावधान गर्न पनि माग राखे ।
कार्यक्रममा नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष भीम घिमिरे, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरना, उपाध्यक्ष नन्दकिशोर राठी, मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाललगायतका सहभागी उद्योगी व्यवसायीहरूले औद्योगिक उत्पादन, प्रवर्द्धन, आयात, निर्यात र बजारीकरण सम्बन्धी समस्या समाधानका लागि राज्यले पहल गरिदिनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण