थप ५ देशसँग श्रम सम्झौता गरिँदै
काठमाडौँ । सरकारले थप ५ देशसँग श्रम सम्झौता गर्ने भएको छ । हालसम्म १० वटा श्रम गन्तव्य मुलुकसँग द्वीपक्षीय सम्झौता भइसकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव राजिव पोखरेलले अब जर्मनी, रोमानिया, ओमान, कुवेत र साउदी अरबसँग द्वीपक्षीय श्रम सम्झौता हुन लागेको बताए ।
नेपालले हाल कतार, यूएई, दक्षिण कोरिया, बहराइन, जापान, इजरायल, जोर्डन, मलेसिया, मौरिसस, बेलायतसँग द्वीपक्षीय श्रम सम्झौता गरेको छ । अब थप ५ मुलुकसँग चाडै नै सम्झौता गरिने सहसचिव पोखरेलले बताए ।
यी देशहरुसँग सम्झौताको मस्यौदा आदानप्रदान भइसकेको र दुवै पक्षबीच छलफलपछि अन्तिम रुप दिन लागिएको उनको भनाई छ ।
सरकारले नयाँ नयाँ मुलुकको खोजी गर्दै ती देशहरुसँग दुई पक्षीय श्रम सम्झौता गर्ने रणनीति ल्याएको छ । हाल श्रम सम्झौता गरेका मुलुकहरुसँग पनि संशोधन गरेर समयसापेक्ष बनाउदै लगिने सहसचिव पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण