इब्राहिमोविचद्वारा फुटबलबाट सन्यासको घोषणा
सान सिरो । एसी मिलानका स्ट्राइकर ज्लाटान इब्राहिमोविचले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । योसँगै ४१ वर्षीय खेलाडीको उत्कृष्ट फुटबल करियरमा पूर्णविराम लागेको छ ।
‘म फुटबललाई अलबिदा भन्दै छु तर तपाईंहरुलाई होइन,’ आइतबार सिजनको अन्तिम खेलपछि स्वीडिस खेलाडीले सान सिरोमा समर्थकहरूलाई भने । इब्राहिमोविचले यसअघि नै क्लब छाड्ने घोषणा गरिसकेका थिए ।
आफ्ना करियरमा पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड, एसी मिलान र इन्टर मिलानमा रहँदा उनले ५११ गोल गर्नुका साथै लिग उपाधिहरू जितेका थिए । उनी सन् २०२० मा पुनः मिलानसँग आबद्ध भएका थिए । गत सिजन उनले पुनः टोलीलाई लिग उपाधि दिलाएका थिए ।
आफ्नो करियरमा इब्राहिमोविचले ३४ वटा उपाधि जितेका छन् जसमा १४ लिग उपाधि छन् । उनी बालोन डि’ओरका लागि ११ पटक मनोनीत भएका थिए । उनले जित्न नसकेको उपाधि भनेको च्याम्पियन्स लिग मात्र हो । सन् २०१७ मा उनले युनाइटेडसँग युरोपा लिगको उपाधि पनि जितेका थिए । उता स्वीडेनका लागि उनले १२२ खेलमा ६२ गोल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो
-
संसदीय सुनुवाइ समितिले गलत व्यक्तिलाई अस्वीकार गर्न सक्नुपर्छ: आनन्दप्रसाद ढुंगाना
-
प्रविधि र सेवाको नमूना : कसरी स्मार्ट बन्दैछ ललितपुर महानगर ?
-
वास्तविकता बन्दैछ जिन सम्पादनबाट शिशुको जन्म
-
निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरौँ: पद्मा अर्याल
-
लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण