इब्राहिमोविचद्वारा फुटबलबाट सन्यासको घोषणा
सान सिरो । एसी मिलानका स्ट्राइकर ज्लाटान इब्राहिमोविचले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । योसँगै ४१ वर्षीय खेलाडीको उत्कृष्ट फुटबल करियरमा पूर्णविराम लागेको छ ।
‘म फुटबललाई अलबिदा भन्दै छु तर तपाईंहरुलाई होइन,’ आइतबार सिजनको अन्तिम खेलपछि स्वीडिस खेलाडीले सान सिरोमा समर्थकहरूलाई भने । इब्राहिमोविचले यसअघि नै क्लब छाड्ने घोषणा गरिसकेका थिए ।
आफ्ना करियरमा पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड, एसी मिलान र इन्टर मिलानमा रहँदा उनले ५११ गोल गर्नुका साथै लिग उपाधिहरू जितेका थिए । उनी सन् २०२० मा पुनः मिलानसँग आबद्ध भएका थिए । गत सिजन उनले पुनः टोलीलाई लिग उपाधि दिलाएका थिए ।
आफ्नो करियरमा इब्राहिमोविचले ३४ वटा उपाधि जितेका छन् जसमा १४ लिग उपाधि छन् । उनी बालोन डि’ओरका लागि ११ पटक मनोनीत भएका थिए । उनले जित्न नसकेको उपाधि भनेको च्याम्पियन्स लिग मात्र हो । सन् २०१७ मा उनले युनाइटेडसँग युरोपा लिगको उपाधि पनि जितेका थिए । उता स्वीडेनका लागि उनले १२२ खेलमा ६२ गोल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
-
फेवातालको मापदण्ड घटाउन जग्गाधनीले दिए सर्वोच्चमा रिट
-
पोखरा महानगरलाई लेखा समितिको निर्देशन: बेरुजु नतिर्नेको तीनपुस्ते सार्वजनिक गर
-
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची