सर्वोच्च अदालतको आदेशविरुद्ध मधेसमा बिहानैदेखि प्रदर्शन
जनकपुरधाम । आइतबार सर्वोच्च अदालतले नागरिकतासम्बन्धि ऐन तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि मधेसमा सोमबार बिहानैदेखि प्रदर्शन सुरु भएको छ । नागरिकताविहिन सर्वसाधारणहरुले सर्वोच्च अदालतको सो आदेशविरुद्ध विरुद्ध प्रदर्शन गरिरहेका छन् । उनीहरुले सर्वोच्च अदालत र नागरिकता विद्येयक प्रमाणीकरणको विरुद्धमा रहेका दलहरुविरुद्ध नारावाजी गर्दै राजमार्गमा टायर बालेर प्रदर्शन गरिहरहेका छन् ।
प्रदर्शनपछि ढल्केवर जनकपुर सडकखण्ड अहिले अवरुद्ध भएको छ । सडकखण्डक अवरुद्ध हुँदा यात्रुहरुलाई समस्या परेका छन् । प्रदर्शनकारीले मधेस प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय अगाडि घेराउ गर्ने लगायतका कार्यक्रम तय गरेका छन् ।
राष्ट्रपतिले नागरिकता विद्येयक प्रमाणीकरण गरेपछि नगारिकताविहीन सर्वसाधारण निकै खुशी भएका थिए । मधेसमा करिब ५ लाख युवाहरु नागरिकता नपाएर समस्यामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण