शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
नागरिकता विधेयक प्रमाणीकरण प्रकरण

सर्वोच्च अदालतको आदेशविरुद्ध मधेसमा बिहानैदेखि प्रदर्शन

सोमबार, २२ जेठ २०८०, ११ : १७
सोमबार, २२ जेठ २०८०

जनकपुरधाम । आइतबार सर्वोच्च अदालतले नागरिकतासम्बन्धि ऐन तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि मधेसमा सोमबार बिहानैदेखि प्रदर्शन सुरु भएको छ । नागरिकताविहिन सर्वसाधारणहरुले सर्वोच्च अदालतको सो आदेशविरुद्ध विरुद्ध प्रदर्शन गरिरहेका छन् । उनीहरुले सर्वोच्च अदालत र नागरिकता विद्येयक प्रमाणीकरणको विरुद्धमा रहेका दलहरुविरुद्ध नारावाजी गर्दै राजमार्गमा टायर बालेर प्रदर्शन गरिहरहेका छन् ।

प्रदर्शनपछि ढल्केवर जनकपुर सडकखण्ड अहिले अवरुद्ध भएको छ । सडकखण्डक अवरुद्ध हुँदा यात्रुहरुलाई समस्या परेका छन् । प्रदर्शनकारीले मधेस प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय अगाडि घेराउ गर्ने लगायतका कार्यक्रम तय गरेका छन् ।

राष्ट्रपतिले नागरिकता विद्येयक प्रमाणीकरण गरेपछि नगारिकताविहीन सर्वसाधारण निकै खुशी भएका थिए । मधेसमा करिब ५ लाख युवाहरु नागरिकता नपाएर समस्यामा छन् ।

dhanusha mahendranagar2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप