मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय
संसद बैठक

भारत भ्रमणमा ७ वटा दस्तावेजमा हस्ताक्षर आदान प्रदान भएको छ : प्रधानमन्त्री

सोमबार, २२ जेठ २०८०, १२ : १६
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा ७ वटा दस्तावेजमा हस्ताक्षर गरी आदान प्रदान गरिएको बताएका छन् । 

सोमबार प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलले राखेको जिज्ञासाको जवाफ दिँदै उनले भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने भैरहवा सुनौली एकीकृत जाँच चौकीको शिल्यान्यास भएको, एकीकृत जाँच चौकी, क्वारेन्टाइन सेवा विस्तार भएबाट ब्यापार विस्तार, अनाधिकृत व्यापार रोक्न सहज हुने तथा गुणस्तरीय वस्तुको आयोत विस्तार हुने विश्वास व्यक्त गरे । 

यस्तै मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोश्रो चरणको निर्माणकार्यको शिल्यान्यास गरिएको र त्यसलाई चितवनको लोथरसम्म विस्तार गर्ने सहमति भएको बताए  ।  प्रधानमन्त्री प्रचण्डले बुटवल गोरखपुर ४०० केभी अन्तरदेशीय प्रशारण लाइनको पनि शिल्यान्यास भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप