भारतीय प्रधानमन्त्रीले उपयुक्त समयमा नेपाल भ्रमण गर्नुहुन्छ : प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको बताएका छन् । भारत भ्रमणको विषयमा संसदलाई जानकारी दिँदै प्रचण्डले भारतीय प्रधानमन्त्री मोदी उपयुक्त समयमा नेपाल भ्रमणमा आउने बताएका हुन् ।
‘मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको छु । सन् २०१४, सन् २०१८ र सन् २०२२ मा नेपाल भ्रमणको स्मरण गर्दै नेपालको भ्रमणलाई ठुलो महत्व दिएको पाइयो । उहाँले उपयुक्त समयमा भ्रमण गर्ने बताउनुभएको छ’ प्रचण्डले भने, ‘नेपाल र भारतको बहुआयमिक र घनिष्ट सम्बन्धलाई समानता र आपसी लाभका आधारमा बलियो बनाउन अवस्था भयो । भारतका प्रधानमन्त्रीसँग खुलस्त कुराकानीबाट विश्वासको नयाँ वातावरण सृजना भएको छ । थपिरहेका विषयमा विश्वासको आधार तयार भएको छ ।’
आम निर्वाचनपछि भएको भारत भ्रमण विगतका भन्दा फरक महशुस गरेको प्रचण्डले स्मरण गरे । भ्रमण परिणाममुखी हुनुका साथै नेपाल भारतबीच नयाँ विश्वासको वातावरण तयार गर्न सफल भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण