सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
संसद्

नागरिकता विधेयकबारे प्रधानमन्त्रीले उत्तर दिन नभ्याउँदै संसदमा फेरि हंगामा

सोमबार, २२ जेठ २०८०, १४ : ३९
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । नागरिकता विधेयकबारे उठेका प्रश्नको प्रधानमन्त्री प्रचण्डले संसदमा जवाफ दिन नभ्याउँदै संसदमा हंगामा भएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा प्रचण्डले सांसदले उठाएको प्रश्नबारे जवाफ दिँदादिँदै एमाले सांसदले विरोध गरेका हुन् ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्ले दुई पटक पारित गरेर पठाएको विधेयक प्रमाणीकरण नगरी संविधानलाई नै क्राइसेसमा राख्ने काम भएको बताएपछि एमालेका सांसदले विरोध गरेका हुन् ।

 ‘हाम्रो संविधानअनुसार सरकार, सदन, यी सबै संस्थाहरू अभिछिन्न उत्तराधिकारवाला संस्थाहरू हुन् । के कुनै सांसदहरूलाई यसबारे प्रश्न र शङ्का छ र ?’, प्रचण्डले भने, ‘एउटा सरकारले, नेपाल सरकारले गरेको निर्णय अर्को सरकारले सिधै मान्दिनँ भनेर पाउँदैन ।’ 

प्रतिनिधिसभा या सदन पनि अभिछिन्न उत्तराधिकारवाला संस्था भएको प्रचण्डको भनाइ छ । एउटा संसद्ले पारित गरेको विषयलाई अर्को संसद्ले अन्यथाबाहेक मान्दिनँ भन्न नमिल्ने र नपाउने बताए । 

उनले मिचिएको संविधानलाई ट्याकमा ल्याउने सबैभन्दा संवैधानिक उपाय एउटा राष्ट्रपतिले संविधानको पालना गर्नुपर्ने दायित्व पुरा नगरेर होल्डमा राखेपछि समस्या भएको बताए । 

त्यस विधेयकलाई फेरि सदनमा ल्याउने भनेको संसद्कै अपमान भएको प्रचण्डले बताए । त्यसपछि एमालेले विरोध सुरु गरेको थियो । त्यसपपछि एमालेले विरोध सुरु गरेको थियो । त्यसपछि होहल्ला सुरु हुँदै संसदमा अवरुद्ध बन्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप