नागरिकता विधेयकबारे प्रधानमन्त्रीले उत्तर दिन नभ्याउँदै संसदमा फेरि हंगामा
काठमाडौँ । नागरिकता विधेयकबारे उठेका प्रश्नको प्रधानमन्त्री प्रचण्डले संसदमा जवाफ दिन नभ्याउँदै संसदमा हंगामा भएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा प्रचण्डले सांसदले उठाएको प्रश्नबारे जवाफ दिँदादिँदै एमाले सांसदले विरोध गरेका हुन् ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्ले दुई पटक पारित गरेर पठाएको विधेयक प्रमाणीकरण नगरी संविधानलाई नै क्राइसेसमा राख्ने काम भएको बताएपछि एमालेका सांसदले विरोध गरेका हुन् ।
‘हाम्रो संविधानअनुसार सरकार, सदन, यी सबै संस्थाहरू अभिछिन्न उत्तराधिकारवाला संस्थाहरू हुन् । के कुनै सांसदहरूलाई यसबारे प्रश्न र शङ्का छ र ?’, प्रचण्डले भने, ‘एउटा सरकारले, नेपाल सरकारले गरेको निर्णय अर्को सरकारले सिधै मान्दिनँ भनेर पाउँदैन ।’
प्रतिनिधिसभा या सदन पनि अभिछिन्न उत्तराधिकारवाला संस्था भएको प्रचण्डको भनाइ छ । एउटा संसद्ले पारित गरेको विषयलाई अर्को संसद्ले अन्यथाबाहेक मान्दिनँ भन्न नमिल्ने र नपाउने बताए ।
उनले मिचिएको संविधानलाई ट्याकमा ल्याउने सबैभन्दा संवैधानिक उपाय एउटा राष्ट्रपतिले संविधानको पालना गर्नुपर्ने दायित्व पुरा नगरेर होल्डमा राखेपछि समस्या भएको बताए ।
त्यस विधेयकलाई फेरि सदनमा ल्याउने भनेको संसद्कै अपमान भएको प्रचण्डले बताए । त्यसपछि एमालेले विरोध सुरु गरेको थियो । त्यसपपछि एमालेले विरोध सुरु गरेको थियो । त्यसपछि होहल्ला सुरु हुँदै संसदमा अवरुद्ध बन्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण