पर्वतको कुश्मामा बस दुर्घटना हुँदा १८ जना घाइते
सोमबार, २२ जेठ २०८०, २० : ५८

बेनी । म्याग्दीको बेनीबाट पोखरा जाँदै गरेको ना५ख ३९९३ नम्बरको बस आज दिउँसो पर्वतको कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वत अगाडि ओरालोमा बस पल्टिँदा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दुर्घटनामा नौ पुरुष, सात महिला र दुई बालबालिका घाइते भएका हुन् । उनीहरूको नाम ठेगाना खुलिसकेको छैन ।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक अविनाशदीप जिसीले जानकारी दिनुभयो । अन्यको अवस्था भने सामान्य रहेको छ । अहिले सबै जना घाइतेको उपचार पर्वत अस्पतालमा भइरहेको छ । पानी परेर चिप्लो भएको सडकमा तीव्र गतिमा गुडेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । बसका चालक प्रहरीको नियन्त्रणमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा धार्मिक सदभाव र्याली निकालिँदै
-
सर्लाहीमा आशिंकरुपमा कर्फ्यु हट्यो
-
अपर लोहोरे खोला र मनकामना इन्जिनियरिङको सेयर दोस्रो बजारमा कारोबार शुरु, कतिमा हुँदैछ किनबेच?
-
केन्द्रीय समितिको नामावली सार्वजनिक गर्न लोसपाको बैठक बस्दै
-
दिवाकरको ‘हनी बनी’ माघ २६ मा रिलिज हुने
-
एसियाली खेलकुद : टेनिसको महिला डबल्स र पुरुष एकल स्पर्धामा नेपाली खेलाडी पराजित