सिद्धार्थ बैंकद्वारा विश्व वातावरण दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रमको आयोजना
काठमाडौँ । सिद्धार्थ बैंकले मिति २२ गते विश्व वातावरण दिवसको अवसरमा स्वच्छ वातावरण निर्माणमा सघाउ पु¥याउने उद्देश्यले सातै प्रदेशमा विभिन्न कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाएको छ । दिवसको अवसरमा विभिन्न स्थानहरूमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम, कर्मचारीबीच टिकटक प्रतियोगिता, पुन: प्रयोग गर्न सकिने कटन ब्याग वितरण र नो प्रिन्ट डे जस्ता कार्यक्रमहरु आयोजना गरेको थियो जसमा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
बैंकले वृक्षारोपण तथा सरसफाइ कार्यक्रम अन्तर्गत देशका सातै प्रदेशमा कुल ५८१ वटा बोटबिरुवाहरु रोप्नुका साथ(साथै विभिन्न सार्वजनिक स्थानहरूमा सरसफाइ कार्यक्रम समेत आयोजना गरेको थियो । यस्ता कार्यकहरुले वातावरणको संरक्षण, मानव स्वास्थ्य सुधार र दिगो विकासमा महत्त्वपूर्ण योगदान पु¥याउछ भन्ने बैंकले विश्वास राखेको छ ।
बैंकले वातावरण संरक्षणका निम्ति “से नो टु प्लास्टिक” नारालाई अवलम्बन गर्दै बैंकको आधिकारिक टिकटक पेजमा “बिट प्लास्टिक पोलुसन” विषय राखी समाजमा वातावरण संरक्षण सम्बन्धी जनचेतना फैलाउन कर्मचारीबीच टिकटक प्रतियोगिता सम्पन्न गरेको थियो । त्यस्तै यही नारालाई सार्थक बनाउने उद्देश्यका साथै बैंकले पुनस प्रयोग गर्न सकिने कटन ब्याग पनि आफ्ना शाखाहरु मार्फत वितरण गरेको थियो । साथै वातावरण संरक्षणलाई थप टेवा पु¥याउन बैंकले सो दिनलाई “नो प्रिन्ट डे” पनि घोषणा गरेको थियो ।
सिद्धार्थ बैंक लिमिटेडले देशैभरी फैलिएको आफ्ना १९५ वटा शाखा, २२० वटा एटिएम र ५ वटा एक्स्टेन्सन् काउन्टरबाट ग्राहकलाई आधुनिक बैंकिङ्ख सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण