शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

क्यानडामा प्रकाश सपुतको सकम्बरी साँझ

मङ्गलबार, २३ जेठ २०८०, ०९ : ००
मङ्गलबार, २३ जेठ २०८०

काठमाडौँ । गायक प्रकाश सपुतले क्यानडामा प्रस्तुति दिने भएका छन् । आफ्नो लोकप्रिय गीत ‘बोल माया’ को दोस्रो भाग ल्याउने तयारीमा रहेका गायक प्रकाशले आउँदो जुलाई १६ मा ‘सकम्बरी साँझ विथ प्रकाश सपुत’ मा आफ्नो प्रस्तुति दिँदै छन् ।

आँगन इभेन्ट्स एण्ड झुमर इन्टरटेनमेन्ट कर्पोरेसनको आयोजनामा गायक प्रकाश पहिलो पटक क्यानडा प्रस्तुत हुँदै छन् । ‘क्यानडा आउँदै छु । निकै खुसी छु, यहाँ आफ्नो प्रस्तुति दिनेछु’, गायक प्रकाशले भने,‘अन्य देशमा बारम्बार प्रस्तुति दिएता पनि क्यानडामा भने पहिलो पटक प्रस्तुत हुँदै छु ।’ उनी आफ्नो प्रस्तुतिलाई लिएर उत्साहित छन् ।

कार्यक्रममा प्रकाशसँगै स्थानीय कलाकर्मीले आफ्नो प्रस्तुति दिनेछन् । दुई निकै चर्चित गीतहरू ‘गलबन्दी’ र ‘बोलमाया’ स्थापित भएका प्रकाशको प्रस्तुति हेर्न क्यानडामा रहेका नेपाली प्रतीक्षारत रहेको आयोजक ज्ञान भण्डारीले जानकारी दिए । ‘प्रकाशजीलाई प्रत्यक्ष सुन्न र हेर्न हामी प्रतीक्षा गरिरहेका छौँ । उहाँको गीतहरू नेपाल झैँ क्यानडामा पनि लोकप्रिय छन्’, ज्ञानले भने । उनी नेपाली गतिविधिमा सक्रिय रहेर नेपाली कला र संस्कृतिलाई क्यानडामा प्रवर्द्धन गर्न तत्पर युवा व्यवसायी हुन् ।

उनले यो कार्यक्रम गर्नुको उदेश्य नै संस्कृति र कलाको प्रवद्र्धन रहेको बताए । ‘कार्यक्रमबाट आर्जन भएको मुनाफा धार्मिक कार्यमा हस्तान्तरण गर्ने छौ’, उनले भने । मिलक्रिक रोड, मिसीसागामा रहेको स्वागत ब्याङ्कवेट हलमा हुने कार्यक्रममा प्रवेशवापतको शुल्क क्यान्डीयन ३० (तीस) डलर राखिएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप