अमेरिकी राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा पूर्वउपराष्ट्रपति पेन्सको इन्ट्री
वासिङ्टन । पूर्वअमेरिकी उपराष्ट्रपति माइक पेन्सले रिपब्लिकन पार्टीबाट आगामी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्नका लागि आधिकारिकरुपमा दस्ताबेजहरू दर्ता गराएका छन् । रिपब्लिकन पार्टीबाट उम्मेदवार बन्नका लागि यसअघि नै थुप्रै नेताहरूले घोषणा गरिसकेका छन् ।
६३ वर्षीय पेन्सले बुधबार आईओवाको टाउनहलमा एक कार्यक्रमको आयोजना गरी भिडियो सम्बोधनमार्फत औपचारिकरुपमा आफ्नो उम्मेदवारी घोषणा गर्ने बताइएको छ । योसँगै उनी सन् २०१७–२१ सम्म ह्वाइट हाउसमा सहकार्य गरेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध उभिने भएका छन् ।
उम्मेदवार बन्ने दौडमा अन्य आकांक्षीहरुको तुलनामा पूर्वराष्ट्रपति ट्रम्प सबैभन्दा अघि रहेका छन् । सर्वेक्षणमा पेन्स एकल अंकको समर्थनसहित तेस्रो स्थानमा छन् । इन्डियानाका पूर्वगभर्नरसमेत रहेका पेन्स ट्रम्पसँग निकट रहेका थिए । तर, सन् २०२१ को जनवरीमा क्यापिटोलमा भएको दंगापछि उनी ट्रम्पबाट टाढिएका थिए ।
अब रिपब्लिकन पार्टीबाट उम्मेदवारका आकाङ्क्षीहरूले आगामी महिनादेखि आफ्नो चुनावी अभियान सुरु गर्नेछन् भने शृङ्खलाबद्ध टेलिभिजन बहसमा सहभागी हुनेछन् । हरेक राज्यमा हुने ‘प्राइमरी इलेक्सन’ अर्को फेब्रुअरीबाट सुरु हुनेछ । सबैभन्दा धेरै समर्थन प्राप्त गर्ने व्यक्ति सन् २०२४ को रिपब्लिकन कन्भेन्सनबाट राष्ट्रपतिको उम्मेदवार चुनिनेछन् । सन् २०२४ को नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवारले सम्भावितरुपमा डेमोक्र्याटबाट वर्तमान राष्ट्रपति जो बाइडेनको सामना गर्नेछन् ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण