प्रधानमन्त्री प्रचण्ड सुर्खेतमा
सुर्खेत। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत आइपुगेका छन्। प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड जानका लागि सुर्खेतको आइपुगेका हुन् ।
यहाँ रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छोटो भेटघाट गरी उनी खप्तड लाग्ने कार्यक्रम रहेको छ। केही दिन अघि खड्काकी भाइ बुहारी सन्जु खड्काको मृत्यु भएको थियो । प्रधानमन्त्री प्रचण्डले खड्काको श्रद्धाञ्जली सभामा सहभागी जनाएका छन्।
जेठ १६ गते बाँकेमा कार दुर्घटना हुँदा खड्का र चालक सुवास अधिकारीको मृत्यु भएको थियो। श्रद्धाञ्जली सभामा प्रचण्डकाे साथमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री झलनाथ खनाल लगायत पनि सहभागी भएका थिए।
त्यसपछि उनी खप्तड लाग्ने बताइएको छ । खप्तड सम्मेलनमा विश्व प्रसिद्ध योग गुरु रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दै आएका महायोगी जगद्गुरु शिद्धबाबा कृष्णदास महाराजलगायतको उपस्थिति रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण