शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मदनकृष्णले गरे मोतीबिन्दुको शल्यक्रिया

मङ्गलबार, २३ जेठ २०८०, १२ : ५६
मङ्गलबार, २३ जेठ २०८०

काठमाडौँ । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले मोती बिन्दुको शल्यक्रिया गराएका छन् । उनले सोमबार तिलगंगा अस्पतालमा दाहिने आँखाको शल्यक्रिया गरेका हुन् । शल्यक्रिया सफल भएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

कलाकार श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मोती बिन्दुको शल्यक्रियामा आफ्नै देशको तिलगंगा आँखा अस्पतालमा बनेको लेन्स राख्न पाउँदा मलाई गर्व महसुस भएको छ ।’ श्रेष्ठले आफ्नो शल्यक्रिया गर्ने डा.सन्दुक रुईत, डा.रीता गुरुङ, गोविन्द पौडेललगायत सम्पूर्ण टिमलाई धन्यवाद समेत दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप