संसद्मा अर्थमन्त्रीको प्रष्टीकरण–करका दरमा चलखेल भएको छैन
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी आर्थिक वर्षको बजेट बनाउँदा आर्थिक विधेयकमा चलखेल नभएको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा जवाफ दिँदै अर्थमन्त्री डा. महतले १४ गते राती अनधिकृत व्यक्तिले करका दरमा चलखेल गरेको विषय आधारहीन भएको बताएका हुन् ।
‘१४ गते राती अनधिकृत व्यक्ती प्रवेश गर्यो भन्ने विषयलाई आधार मानेर सदनमा प्रश्न उठेको छ,’ महतले भने, ‘त्यसको स्पष्टीकरण अर्थ मन्त्रालयले दिइसकेको छ । फेरि सदनमार्फत उठेका विषयलाई समेत बुँदागतरुपमा प्रष्ट पार्न चाहन्छु ।’
अर्थमन्त्री भने, 'बजेटसँगै आउने आर्थिक विधेयकमार्फत सरकारले करका दर परिवर्तन, खारेजी र नयाँ प्रस्ताव गर्नेगर्छ । आर्थिक विधेयकलाई अन्तिमरुपमा दिन अर्थमन्त्री, राजश्व सचिव, राजश्व महाशाखा प्रमुख, भन्सार र आन्तरिक राजश्व विभागका महानिर्देशक लगायतका व्यक्ती रहने व्यवस्था छ ।'
‘यही व्यवस्थाअनुसारका व्यक्ती बसेर आर्थिक विधेयकका लागि छलफल गर्यौँ,’ महतले भने, ‘यो टिम बसेर स्वतन्त्ररुपमा आधारसहित करका दर तय गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण