अर्थमन्त्री भन्छन्–रामकृष्ण श्रेष्ठ म आउनुभन्दा अघि नै नियुक्त भएका थिए
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशसरण महतले आर्थिक विधेयक तयार पार्न संलग्न भएका पूर्व नायव सुब्बा आफू आउनुअघि नै नियुक्त भइसकेको बताएका छन् । आर्थिक विधेयकमार्फत करका दर हेरफेरमा अवकाशप्राप्त कर्मचारी संलग्न गराएको आरोप लागेपछि अर्थमन्त्रीले यस्तो बताएका हुन् ।
‘म आउनुभन्दा अघि नै रामकृष्ण श्रेष्ठ नियुक्त भइसक्नुभएको थियो,’ अर्थमन्त्री डा. महतले भने, ‘उहाँले ३०औं वर्षदेखि यही काम गर्दै आइरहनुभएको छ । उहाँ दक्ष मानिनुहुन्छ ।’ यस्तै, रामकृष्ण श्रेष्ठलाई इमानदार पनि भनिँदै आएको छ ।
भन्सार विभागले नियुक्त गरेका श्रेष्ठ आधिकारिक व्यक्तिहरूले आधिकारिकरुपमा निर्णय गरेको करका दर तय गर्ने, संशोधन गर्ने काममा संलग्न भएको महतले बताए । विज्ञताका आधारमा करका दर हेरफेर गर्नेक्रममा सहयोगीको भूमिका खेलेको अर्थमन्त्रीले बताएका छन् ।
‘निर्णय प्रक्रियामा श्रेष्ठ हुनुहुँदैनथ्यो । तर, निर्णय भइसकेपछि सहयोगीको भूमिकाका रुपमा श्रेष्ठ उपस्थित हुनुभएको हो,’ महतले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण