शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
संसद्

अर्थमन्त्री भन्छन्–रामकृष्ण श्रेष्ठ म आउनुभन्दा अघि नै नियुक्त भएका थिए

मङ्गलबार, २३ जेठ २०८०, १४ : ४३
मङ्गलबार, २३ जेठ २०८०

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशसरण महतले आर्थिक विधेयक तयार पार्न संलग्न भएका पूर्व नायव सुब्बा आफू आउनुअघि नै नियुक्त भइसकेको बताएका छन् । आर्थिक विधेयकमार्फत करका दर हेरफेरमा अवकाशप्राप्त कर्मचारी संलग्न गराएको आरोप लागेपछि अर्थमन्त्रीले यस्तो बताएका हुन् ।

‘म आउनुभन्दा अघि नै रामकृष्ण श्रेष्ठ नियुक्त भइसक्नुभएको थियो,’ अर्थमन्त्री डा. महतले भने, ‘उहाँले ३०औं वर्षदेखि यही काम गर्दै आइरहनुभएको छ । उहाँ दक्ष मानिनुहुन्छ ।’ यस्तै, रामकृष्ण श्रेष्ठलाई इमानदार पनि भनिँदै आएको छ ।

भन्सार विभागले नियुक्त गरेका श्रेष्ठ आधिकारिक व्यक्तिहरूले आधिकारिकरुपमा निर्णय गरेको करका दर तय गर्ने, संशोधन गर्ने काममा संलग्न भएको महतले बताए । विज्ञताका आधारमा करका दर हेरफेर गर्नेक्रममा सहयोगीको भूमिका खेलेको अर्थमन्त्रीले बताएका छन् । 

‘निर्णय प्रक्रियामा श्रेष्ठ हुनुहुँदैनथ्यो । तर, निर्णय भइसकेपछि सहयोगीको भूमिकाका रुपमा श्रेष्ठ उपस्थित हुनुभएको हो,’ महतले भने ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप