लोसपाका अध्यक्ष महन्थ ठाकुर भारत जाँदै
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) अध्यक्ष महन्थ ठाकुर भारत भ्रमणमा जाने भएका छन् ।
उनी आगामी जेठ २८ गते भारत जाने तयारीमा रहेको पार्टीका नेताहरूको भनाइ छ । अध्यक्ष ठाकुर भारत जानुअघि पार्टीको केन्द्रीय समिति, भ्रातृ संगठन गठनलगायतका काम सक्ने तयारी छ ।
लोसपा गठन भएको झण्डै दुई वर्ष हुन लागेको छ तर अझै सो पार्टीमा केन्द्रीय समिति बनेको छैन । यस्तै भ्रातृ संगठन पनि बनेको छैन । एउटा केन्द्रीय कार्यकारिणी समितिको भरमा पार्टी चलिरहेको छ ।
यसअघि जनमत पार्टीका अध्यक्ष सीके राउत पनि भारत गएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि भारत पुगेर फर्केका छन् । यद्यपि सभापति लामिछानेले आफ्नो यो भ्रमण व्यक्तिगत रहेको दाबी गर्दै आएका छन् । यस्तै प्रधानमन्त्रीको पनि अफिसियल भ्रमण सम्पन्न भइसकेको छ ।
स्रोतका अनुसार भारतले तराई मधेसमा जनमत र लोसपालाई एक ठाउँमा ल्याउन चाहेको छ । तराई मधेसमा यी दुई दलबीच एकता वा गठबन्धनको चर्चाका बीच ठाकुरको भारत भ्रमण हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण