सय मिटर दौड १० सेकेन्डभन्दा कम समयमा पूरा गर्ने पहिलो धावकको निधन
काठमाडौं । चर्चित अमेरिकी धावक जिम हाइनेसको निधन भएको छ । उनको ७६ वर्षको उमेरमा निधन भएको समाचारमा जनाइएको छ । उनी विश्व एथलेटिक्सका कीर्तिमानी खेलाडी हुन् ।
अमेरिकाका जिम हाइनेस एक सय मिटर दौड केवल १० सेकेन्डभन्दा कम समयमा पूरा गर्ने विश्वकै पहिलो धावक हुन् । उनले उक्त कीर्तिमान सन् १९६८ मा बनाएका थिए । जिम हाइनेसले यूएस च्याम्पियनसिपमा निर्धारित दूरी केवल ९.९ सेकेन्डमा पार गरेका थिए ।
त्यसपछि पनि उनले आफ्नै कीर्तिमान तोडेका थिए । सन् १९६८ मा मेक्सिकोमा आयोजना भएको ओलम्पिक खेलकुदमा उनले निर्धारित दूरी ९.९५ सेकेन्डमा पूरा गर्दै कीर्तिमानी स्वर्ण पदक हात पारेका थिए । उक्त ओलम्पिकमा एथलेटिक्सको समय डिजिटल रुपमा मापन गरिएको थियो ।
जिम हाइनेसले उक्त कीर्तिमान करिब १५ वर्षसम्म आफ्नो नाममा राखेका थिए । त्यसछि सन् १९८३ मा उनको कीर्तिमान अमेरिकाकै अर्का धावक केल्भिन स्मिथले तोडेका थिए । स्मिथले निर्धारित दूरी ९.९३ सेकेन्डमा पूरा गर्दै जिम हाइनेसको कीर्तिमान तोडेका हुन् ।
अन्तर्राष्ट्रिय एमेच्योर एथलेटिक्स संघले दौडको समयको तथ्याङ्क राख्न सुरु गरेयता कुनै पनि खेलाडीले यति लामो समयसम्म एक सय मिटर दौडको कीर्तिमान आफ्नो नाममा राख्न सकेको छैन । अन्तर्राष्ट्रिय एमेच्योर एथलेटिक्स संघले दौडको समयको तथ्याङ्क राख्न थालेको एक सय १० वर्ष बितिसकेको छ ।
जिम हाइनेसको निधनप्रति विश्व एथलेटिक्सको नेतृत्वदायी निकायले गहिरो दुःख ब्यक्त गरेको छ । विश्वभरका खेलकुदप्रेमीले पनि उनको निधनप्रति दुःख ब्यक्त गरेका छन् । ‘महान धावक जिम हाइनेसको निधनले हामी स्तब्ध छौं,’ अमेरिकी ट्र्याक एन्ड फिल्डले भनेको छ ।
एक सय मिटर दौडका अतिरिक्त उनी चार गुना एक सय मिटर दौडका पनि खेलाडी थिए । उनले उक्त स्पर्धामा पनि स्वर्ण पदक जितेका थिए । पछि उनी एथलेटिक्स छाडेर नेसनल फुटबल लिग (एनएफएल)को खेलाडी बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण