विकास बैंकका कर्मचारीलाई एनएफआरएस–९ तालिम

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसियसनले ३ दिने ‘एनएफआरएस–९ तालिम’ तालिम सुरु गरेको छ । उक्त तालिम ई एण्ड वाई श्रीलंकाका साझेदार रजिथ पेरेराले दिइरहेका छन् । ३ दिनसम्म चल्ने उक्त तालिममा बिकास बैंकका वित्त, लेखापरिक्षण आदि विभागका कर्मचारीहरुको सहभागिता रहेको छ ।
कार्यक्रमको तेस्रो दिन विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई समेतलाई प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ । नेपालका बैंक तथा वित्तीय संस्थामा एनएफआरएस लागू भइसकेको छ । एनएफआरएस–९ लागू हुने चरणमा रहेकाले त्यसैको तयारीका लागि डेभलपमेण्ट बैंकर्स एशोसियसनले यस्तो अग्रसरता लिएको हो ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक विष्रुत थापाले डेभलपमेण्ट बैंकर्स एशोसियसनले योजनाबद्धरुपमा आप्mना सदस्य बैंकहरुलाई एनएफआरएस–९ को आवश्यक तयारी गर्न यस्तो तालिम आवश्यक पर्ने बताए । इन्ष्टिच्यूट अफ चार्टड एकाउन्टेन्ट्स नेपालका पुर्व अध्यक्ष सुनिर ढुंगेलले विकास बैंकहरुका लागि आवश्यक पर्ने ज्ञान आदान प्रदान गर्न आफुहरु सदैव तत्पर रहेको बताए ।
डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपालका अध्यक्ष सुयोग श्रेष्ठले एनएफआरएस–९ का बारेमा वित्त विभागका कर्मचारीले मात्र बुझेर नपुग्ने, त्यस्का लागि व्यवसाय विभाग, कर्जा विभाग, उच्च व्यवस्थापनका कार्यकारीहरु लगाएतले जान्न र बुझ्नु पर्ने बिषय भएकाले सुझाबका र आवश्यक्ताका आधारमा थप कार्यक्रम गर्दै जाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव
-
आइतबारको संसद् बैठक सहज रूपमा सञ्चालन हुने सभामुख घिमिरेको सङ्केत
-
‘माउन्टेन फ्लाइट’ बाट सगरमाथा नियाल्दा, तस्बिरहरू
-
बिहानै पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु
-
पीयूष चावलाद्वारा व्यावसायिक क्रिकेटबाट संन्यास
-
नर्वेसँग लज्जास्पद हारपछि इटाली ‘कठिन अवस्थामा’