पोषण शिक्षासम्बन्धी सचेतना अभियान सुरु गर्न जरुरी छ : मन्त्री भुसाल
काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री डा.वेदुराम भुसालले खाद्य शिक्षा र पोषण शिक्षासम्बन्धी सचेतना अभियान सुरु गर्न जरुरी रहेको बताएका छन् । बुधवार विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले खाद्यान्न स्वच्छ, सफा हुनुपर्ने, खाद्यको सुरक्षा हुनुपर्ने भन्ने कुरा निश्चित समूहमा मात्रै पुग्ने गरेकाले आम मानिसमा यसको प्रचारप्रसार हुन जरुरी रहेको बताए ।
‘खाद्यान्न स्वच्छ, सफा हुनुपर्छ, खाद्यको सुरक्षा हुनुपर्छ भन्ने कुरा निश्चित सीमाभित्र मात्रै हामी पुर्याउन सकेका छौँ, सबैमाझ हामीले पुर्याउन सकेका छैनौँ । व्यापक रूपमा विस्तार गरेर हामीले जनतामाझ पुग्न सकेका छैनौँ’ मन्त्री भुसालले भने, ‘त्यसकारण हामीले खाद्य शिक्षाको बारेमा, पोषण शिक्षाको बारेमा एउटा नयाँ अभियान चलाउनुपर्ने जरुरी छ ।’
उनले खाद्य शिक्षा र पोषण शिक्षाका बारेमा सचेतना अभियानका मन्त्रालयले रकम छुट्टाएर काम गर्ने पनि प्रतिबद्धता जनाए । उनले एकले अर्कोलाई ढाँट्नु भनेको अपराध भएकाले सबैले कसैलाई पनि नढाँटी काम गर्न जरुरी रहेको बताए । उनले खाद्य स्वच्छता सम्बन्धी विधेयक गत वर्ष नै राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा अड्किएको र आफूले संसद्मा प्रस्तुत गर्न सभामुखसँग आग्रह गरिसकेकाले अब चाँडै नै खाद्य स्वच्छता सम्बन्धी विधेयक संसद्मा आउने बताए ।
कार्यक्रममा उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले खाद्य स्वच्छता तथा गुणस्तर ऐन संविधान निर्माण भएको तीन वर्ष भित्र आउनुपर्नेमा अहिलेसम्म नआएकोप्रति आपत्ति जनाए । उनले मौलिक हकको तर्फबाट आउनुपर्ने ऐन नै नआउँदा समस्या भइरहेको बताए । उनले मन्त्री भुसाललाई हिउँदे अधिवेशनमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन ल्याइसक्ने प्रतिबद्धता जनाउन आग्रह गरे ।
खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधार स्तम्भ भन्ने नारासहित यस वर्षको विश्व खाद्य स्वच्छता दिवस मनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण