काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा ४ जनामा दादुरा देखियो
बुधबार, २४ जेठ २०८०, १५ : २३
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका ४ जनामा दादुरा संक्रमण पुष्टि भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको पाँच वटा नमुनामध्ये ४ वटामा दादुरा पुष्टि भएको हो ।
परिवार कल्याण महाशाखाका एक अधिकारीले दादुरा पुष्टि भएपछि सतर्कता अपनाइएको बताए । नगरपालिकाको वडा नम्बर ९ मा पर्ने एक विद्यालयका १५ वर्षमुनिका ५४ जना बालबालिकामा दादुराको लक्षण देखिएको बताइएको छ ।
त्यसमा पाँच वटा नमुना संकलन गर्दा ४ जनामा संक्रमण पुष्टि भएको ती अधिकारीको भनाइ छ ।
एकै पटक ५ जनाभन्दा बढीमा संक्रमण पुष्टि भएमा दादुरा महामारीको रुपमा लिने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशमा रास्वपाका ३४३ प्रतिनिधि (सूचीसहित)
-
रास्वपाले मधेस प्रदेशको महाधिवेशन प्रतिनिधि नामावली सार्वजनिक गर्न सकेन
-
यी हुन् मधेस बाहेकका रास्वपाका महाधिवेशन प्रतिनिधि
-
बाजुरामा बस दुर्घटना हुँदा २१ जना घाइते
-
जापानको दोस्रो गोलसँगै ट्युनिसियाविरुद्ध २–० को अग्रता
-
रास्वपा महाधिवेशनमा कति हुन्छन् प्रतिनिधि सहभागी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण