कति बेला तौल नाप्दा सही देखिन्छ ?
मानिसहरू आफ्नो तौल नाप्छन् र त्यसलाई मेन्टेन गर्ने कोसिस गर्छन् । कसैले बेलुका तौल नाप्छन् भने कतिले बिहानको समयमा । तर दिनको कुन समयमा तौल नाप्नु सही हो भन्ने कुरा तपाईंलाई थाहा छ ? यसबारे जानकारी लिऔँ ।
सबै मानिस आफ्नो तौल बारे जान्न चाहन्छन् । तपाईंको तौल कहिले कम भइरहेको छ वा कहिले बढिरहेको छ भन्ने कुरा थाहा पाउनुपर्छ । तौलको हाम्रो स्वास्थ्यसँग सिधा सम्बन्ध हुन्छ र स्वस्थ रहनका लागि तौल नियन्त्रणमा हुनुपर्छ । धेरैले तौल नाप्न मेसिन प्रयोग गर्छन् ।
तपाईंले पनि अहिलेसम्म धेरै पटक आफ्नो तौल नाप्नुभएको होला । के तपाईंले समय हेरेर तौल नाप्नु भएको छ ? तौल घटाउन कोसिस गर्नेहरूले विशेष यसबारे ध्यान राख्नुपर्छ ।
हाम्रो तौल दिनमा धेरै पटक उतार चढाव भइरहन्छ । आफ्नो सही तौल थाहा पाउनका लागि तपाईंले दिउँसो वा बेलुका तौल नाप्नबाट बच्नुहोस् ।
मेडिकल न्युज टुडेको रिपोर्ट अनुसार बिहान खाली पेटमा तौल नाप्नु सबैभन्दा बढी राम्रो र सटिक समय हो । किनभने त्यति बेला तपाईंको पेट खाली हुन्छ र खानाको तौल हुँदैन । यही समयलाई तौल नाप्नका लागि उत्कृष्ट मानिन्छ ।
यदि यस्तो सम्भव छैन भने व्यक्तिले हरेक दिन एउटै समयमा तौल नाप्नुपर्छ । चाहे तपाईं दिउँसो गर्नुहोस् वा बेलुका । तर एउटै समयमा तौल नाप्दा सही अन्दाज लगाउन सकिन्छ । यद्यपि, खाना खाएपछि तौल नाप्नुको साटो खाली पेटमा तौल नाप्नुहोस् ।
तौल नाप्दा यी तीन कुराहरू ध्यान दिनुपर्छ
– याद गर्नुपर्ने पहिलो कुरा के हो भने तौल नाप्ने मेसिन राम्रो गुणस्तरको हुनुपर्छ ।
– एउटै स्केल अपनाउनुहोस् ।
– तौल नाप्ने बेला एउटै खालको जुत्ता र लुगा लगाउने प्रयास गर्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण