दमौलीमा राष्ट्रिय साहित्य सम्मेलन हुने
तनहुँ । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीमा राष्ट्रियस्तरको साहित्य सम्मेलन हुने भएको छ । साहित्यको संरक्षण, प्रवर्द्धन र व्यासभूमि दमौलीको प्रचार–प्रसार गर्ने उद्देश्यसहित वाङ्मय प्रतिष्ठानले राष्ट्रियस्तरको साहित्य सम्मेलन गर्न लागेको हो ।
आगामी जेठ २६ र २७ गते साहित्य सम्मेलन तथा कविता प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार उक्त कार्यक्रममा प्रथम हुनेलाई रु ५५ हजार, द्वितीय हुनेलाई रु ४० हजार र तृतीय हुनेलाई रु २५ हजार र सान्त्वना हुने छ जनालाई जनही रु १० हजारका दरले पुरस्कार प्रदान गरिने छ ।
“साहित्य सम्मेलनमा सहभागी हुन आउनेलाई व्यासभूमिको भ्रमण पनि गराउँछौँ, यसले गर्दा व्यासभूमिको प्रचार–प्रसारमा सहयोग पुग्छ”, अधिकारीले भने । व्यासको जन्म दमौलीमा भएको विभिन्न तथ्यले प्रमाणित गरे पनि प्रचार–प्रसार नहुँदा व्यासभूमि ओझेलमा पर्दै आएको अधिकारीले बताए ।
साहित्य सम्मेलनलाई सफल बनाउन प्रतिष्ठानले प्रचार–प्रसारको कामलाई अन्तिम चरणमा पु¥याएको छ । उनले भने, “साहित्य सम्मेलनलाई सभ्य र भव्यरूपमा सम्पन्न गराउन विभिन्न स्थानीय तहसँग आर्थिक सहयोग माग गरेका छौँ । स्थानीय तहबाट सहयोगको प्रतिबद्धता आएको छ ।”
प्रतिष्ठानले हरेक महिना काव्य वाचन कार्यक्रम गर्दै आइरहेको छ । जिल्लाका विभिन्न ठाउँमा पुगेर साहित्यकारहरूले रचनावाचन गर्दै आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण