मन्दिरमा चुम्बन गरेपछि विवाद, आयो अभिनेत्री कृतिको प्रतिक्रिया

बिग बजेटको फिल्म ‘आदिपुरुष’ का निर्देशक ओम राउत र नायिका कृति सेनन विवादमा फसेका छन् । ओम राउतले कृतिलाई तिरुमाला मन्दिरमा चुम्बन गरेका थिए । त्यसपछि यी दुईले अत्यधिक आलोचनाको सामना गर्नुपरेको छ ।
निर्देशकसँग अभिनेत्रीको एउटा भिडियो पछिल्लो समय चर्चाको विषय बनिरहेको छ । यसमा ओमले कृतिलाई गालामा चुम्बन गरेर ‘बाई’ भनिरहेका छन् । यी दुईको भिडियो सार्वजनिक भएपछि विवाद निम्तिएको छ । प्रयोगकर्ताका साथै बालाजी मन्दिरको पुजारीको प्रतिक्रियासमेत आएको छ ।
विवादबीच अब कृति सेननले एक पोस्ट सेयर गरेकी छिन् । आफ्ना प्रशंसकप्रति आभार व्यक्त गर्दै उनले आफ्नो मन सकारात्मकताले भरिएको छ ।
कृति लेख्छिन्, ‘आभार । मेरो मन सकारात्मकताले भरिएको छ । तिरुपतिको पवित्र र शक्तिशाली ऊर्जा । हिजोको प्रि–रिलिज कार्यक्रममा तपाईंहरु सबैको आदिपुरुष र जानकीका लागि माया । अहिले पनि मुस्कुराइरहेकी छु ।’
चिलकुर बालाजी मन्दिरका मुख्य पुजारीले कृति र ओम राउतको व्यवहारको विरोध गरेका छन् । उनले यसलाई अपमानजनक बताएका छन् ।
पुजारीले भनेका छन्, ‘यो निन्दनीय कुरा हो । मन्दिरमा श्रीमान्–श्रीमतीसमेत सँगै जाँदैनन् । तपाईं होटेलको रुममा गएर यो सबै गर्न सक्नुहुन्छ ।’
फिल्म ‘आदिपुरुष’ १६ जूनमा सिनेमा घरमा रिलिज हुँदै छ । यसमा कृतिले सीताको भूमिका निभाएकी छिन् । उनका हिरो प्रभास हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैत महिनामा झनै घट्यो मूल्यवृद्धि, काठमाडौँको वृद्धिदर सबैभन्दा कम
-
महन्थ ठाकुरको अध्यक्षतामा मोर्चाको बैठक बस्ने
-
महेश थापा र लिलादेवी गड्तौला आयोग अध्यक्षका लागि सिफारिस
-
एक महिनामा भित्रियो १ खर्ब ४० अर्ब रेमिट्यान्स
-
बुढाथोकी बने राष्ट्रिय कर्मचारी सङ्गठनको अध्यक्ष
-
कर्णालीमा प्रतिपक्ष : सरकारको गतिमति ठिक छैन