शिक्षा र स्वास्थ्यमा बजेट छुट्याउन कन्जुस्याइँ भएको छः सांसद शर्मा
काठमाडौँ । प्रतिनिधिसभा सदस्य नारायणी शर्माले शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट छुट्याउन कन्जुस्याइँ भएको बताएकी छन् । बिहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथिको छलफलमा भाग लिँदै शर्माले यस्तो बताएकी हुन् ।
'शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेटले कञ्जुस्याईँ गरेको छ । संविधानमा कम्तीमा २० प्रतिशतको कुरा भएपनि शिक्षामा बजेट करिब १२ प्रतिशतमै सीमित भएको छ । स्वास्थ्यमा पनि पुगेको छैन’, उनले भनिन् ।
उनले करको दरहरू वैज्ञानिक र तल्लो वर्गलाई राहत हुनेगरी निर्धारण हुनुपर्नेमा पनि धारणा राखिन् । बजेटलाई उपेक्षित र उत्पीडित क्षेत्रलाई प्राथमिकता दिएर सबैको अपनत्व गराइनुपर्नेमा उनले जोड दिइन् ।
यद्यपि बजेटले अहिले परिस्थिति र धरातललाई बुझेर र टेकेर आएको उनको भनाइ छ । बजेट सन्तुलित ढङ्गले अघि बढ्न खोजेको भन्दै उनले समस्याको वास्तविक पहिचान गर्न खोजिएको पनि धारणा राखिन् ।
समग्रमा बजेटले विषय परिस्थितिलाई चिर्दै समृद्धिको दिशा दह्रोसँग पकड्न सकेको भन्दै उनले सबै मिलेर सफल बनाउनुपर्ने धारणा राखिन् ।
बजेटले आर्थिक रूपमा वृद्धि गर्ने सहितका ६ उद्देश्य राखेको र १० प्राथमिकता पनि राम्रो ढङ्गले आएको शर्माले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण