बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षा र स्वास्थ्यमा बजेट छुट्याउन कन्जुस्याइँ भएको छः सांसद शर्मा

बिहीबार, २५ जेठ २०८०, १५ : ४६
बिहीबार, २५ जेठ २०८०

काठमाडौँ । प्रतिनिधिसभा सदस्य नारायणी शर्माले शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट छुट्याउन कन्जुस्याइँ भएको बताएकी छन् । बिहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथिको छलफलमा भाग लिँदै शर्माले यस्तो बताएकी हुन् । 

'शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेटले कञ्जुस्याईँ गरेको छ । संविधानमा कम्तीमा २० प्रतिशतको कुरा भएपनि शिक्षामा बजेट करिब १२ प्रतिशतमै सीमित भएको छ । स्वास्थ्यमा पनि पुगेको छैन’, उनले भनिन्  । 

उनले करको दरहरू वैज्ञानिक र तल्लो वर्गलाई राहत हुनेगरी निर्धारण हुनुपर्नेमा पनि धारणा राखिन् । बजेटलाई उपेक्षित र उत्पीडित क्षेत्रलाई प्राथमिकता दिएर सबैको अपनत्व गराइनुपर्नेमा उनले जोड दिइन् ।     

यद्यपि बजेटले अहिले परिस्थिति र धरातललाई बुझेर र टेकेर आएको उनको भनाइ छ ।  बजेट सन्तुलित ढङ्गले अघि बढ्न खोजेको भन्दै उनले समस्याको वास्तविक पहिचान गर्न खोजिएको पनि धारणा राखिन् । 

समग्रमा बजेटले विषय परिस्थितिलाई चिर्दै समृद्धिको दिशा दह्रोसँग पकड्न सकेको भन्दै उनले सबै मिलेर सफल बनाउनुपर्ने धारणा राखिन् । 

बजेटले आर्थिक रूपमा वृद्धि गर्ने सहितका ६ उद्देश्य राखेको र १० प्राथमिकता पनि राम्रो ढङ्गले आएको शर्माले बताइन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप