शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
नक्कली भुटानी शरणार्थी प्रकरण

काठमाडौँ जिल्ला अदालत पुगे कामु प्रधानन्यायाधीश कार्की

बिहीबार, २५ जेठ २०८०, १७ : १२
बिहीबार, २५ जेठ २०८०

काठमाडौँ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नियमित अनुगमनका क्रममा काठमाडौँ जिल्ला अदालत पुगेका छन् । बिहीबार कार्की जिल्ला अदालत काठमाडौँको पाँचौ तलामा पुगेर न्यायाधीशहरुसँग मिटिङ गरेका हुन् । अदालतको दैनिक प्रशासिनक विषयमा आवश्यक जानकारी र ब्रिफिङका लागि कार्की अदालत पुगेको बताइएको छ । 

‘कामु प्रधानन्यायाधीशज्यू अदालतमा आउनुभएको छ । अदालतसँग सम्बन्धित ब्रिफिङ बैठकमा सहभागी हुनुभएको छ। बैठकमा न्यायाधीश न्यौपानेबाहेकका सबै न्यायाधीश सहभागी हुनुहुन्छ’, अदालत स्रोतले भन्यो ।  शरणार्थी प्रकरणको सनुवाइ जारी रहेकाले न्यायाधीश प्रेमप्रसाद न्यौपाने भने मिटिङमा सहभागी भएनन् ।

कामु प्रधानन्यायाधीश कार्कीले यसअघि उच्च अदालत पाटन, बुधबार ललितपुर जिल्ला अदालत र बिहीबार बिहान भक्तपुर जिल्ला अदालतको निरीक्षण गरेका थिए । सर्वोच्च अदालत स्रोतका अनुसार कार्कीले उच्च अदालत पाटन मातहतका अदालतहरूको निरीक्षण गर्नेछन् । यो नियमित प्रक्रिया भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप