काठमाडौँ जिल्ला अदालत पुगे कामु प्रधानन्यायाधीश कार्की
काठमाडौँ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नियमित अनुगमनका क्रममा काठमाडौँ जिल्ला अदालत पुगेका छन् । बिहीबार कार्की जिल्ला अदालत काठमाडौँको पाँचौ तलामा पुगेर न्यायाधीशहरुसँग मिटिङ गरेका हुन् । अदालतको दैनिक प्रशासिनक विषयमा आवश्यक जानकारी र ब्रिफिङका लागि कार्की अदालत पुगेको बताइएको छ ।
‘कामु प्रधानन्यायाधीशज्यू अदालतमा आउनुभएको छ । अदालतसँग सम्बन्धित ब्रिफिङ बैठकमा सहभागी हुनुभएको छ। बैठकमा न्यायाधीश न्यौपानेबाहेकका सबै न्यायाधीश सहभागी हुनुहुन्छ’, अदालत स्रोतले भन्यो । शरणार्थी प्रकरणको सनुवाइ जारी रहेकाले न्यायाधीश प्रेमप्रसाद न्यौपाने भने मिटिङमा सहभागी भएनन् ।
कामु प्रधानन्यायाधीश कार्कीले यसअघि उच्च अदालत पाटन, बुधबार ललितपुर जिल्ला अदालत र बिहीबार बिहान भक्तपुर जिल्ला अदालतको निरीक्षण गरेका थिए । सर्वोच्च अदालत स्रोतका अनुसार कार्कीले उच्च अदालत पाटन मातहतका अदालतहरूको निरीक्षण गर्नेछन् । यो नियमित प्रक्रिया भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण