लहान नगरपालिकाद्वारा किसानलाई परिचयपत्र वितरण
लहान । सिरहाको लहान नगरपालिकाले किसानलाई लक्षित गरी आफ्नो परिचय खुल्ने परिचयपत्र वितरण गर्न सुरु गरेको छ । नगरपालिकाले आज वडा नं १२ बाट वितरण सुरु गरेको हो ।
सरकारले किसानलाई प्रदान गर्ने हरेक सुविधा प्रभावकारीरूपमा वितरण गर्न सहज हुने उद्देश्यले किसान परिचयपत्र वितरण गरिएको नगरप्रमुख महेश चौधरीले बताए । “अब किसानलाई मलखाद वितरण, बीउबिजन, अनुदानमा पारदर्शिता, ऋण लिनलगायत अन्य कार्य गर्नलाई थप सहज हुने विश्वास लिएको छु”, चैधरीले भने, “किसान परिचयपत्रले वास्तविक किसानको पहिचान गरी राहत दिन प्रभावकारी हुनेछ । यसबाट किसानलाई व्यावसायिक बन्न थप मद्दत पुग्नेछ ।”
त्यसैगरी वडाध्यक्ष बद्रीनारायण चौधरीले किसानको हक–अधिकारलाई किसान परिचयपत्रले सुनिश्चित गर्ने बताए । किसान परिचयपत्र क्रमशः सबै वडामा वितरण गरिने कार्यक्रम रहेको नगरपालिकाका कृषि शाखा प्रमुख प्रकाश साह हलुवाइले जानकारी दिए ।
परिचयपत्रमा सम्पूर्ण किसानको व्यक्तिगत विवरण राखिएको छ । जसमा क्यूआर कोड पनि छ । अनलाइनमा नाम हाल्नेबित्तिकै किसानको सम्पूर्ण जानकारी प्राप्त हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण