राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
शुक्रबार, २६ जेठ २०८०, १६ : ०६
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग बेलायती राजदूत निकोला पोलिटले बिदाइ भेट गरेकी छन् ।
शुक्रवार राष्ट्रपति कार्यालयमा पौडेलसँग पोलिटले बिदाइ भेट गरेकी हुन् । सो अवसरमा नेपाल र संयुक्त अधिराज्य बेलायतबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यो क्रममा राष्ट्रपतिले राजदूत पोलिटलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद समेत व्यक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण