हामी फोहरको थुप्रो सफा गर्दै छौँ : प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार, विकृति विसंगतिको फोहरको थुप्रो सफा गर्न लागि परेको बताएका छन् । पार्टीको रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलालाई काठमाडौँमा सम्बोधन गर्दै प्रचण्डले भुटानी शरणार्थी प्रकरण मात्रै नभएर अन्य खालका विकृतिलाई समेत निमिट्यान्न पार्न लागेको बताए ।
‘सुशासन, सामाजिक न्याय र समृद्धिलाई मूलमन्त्र बनाएर अघि बढेका छौँ । राज्य जो अभिभावक बन्नुपर्ने हो त्यहाँ बेथितिहरू, विसंगतिहरु र भ्रष्टाचार संस्थागत भएकाले रोक्न सकिएको छैन । जसले गर्दा हामीले चाहेरपनि देशको कल्पना गरे जस्तो अर्थतन्त्र सुधार गर्न सकिएको छैन’ प्रचण्डले भने, ‘हामीले फोहरको थुप्रै सफा गर्नु नै छ । त्यो सफाइ अभियानलाई जति दरोसँग अघि बढाइन्छ त्यति नै विकास र समृद्धिको वातावरण बन्ने छ ।’
आफ्नो नेतृत्वमा सरकार निर्माण भएपछि सुशासनको पक्षमा केही गम्भीर कदम चालेको प्रचण्डले बताए । ‘खाली भुटानी शरणार्थी प्रकरणमा मात्रै होइन अन्य बेतितीहरूलाई समेत नियन्त्रण गर्न सरकार गम्भीर रूपमा अघि बढेको छ,’ उनले भने, ‘सामाजिक न्याय र रोजगारी सृष्टिमा लागिएको छ । हामी जति उत्पादन वृद्धिको सृजना गर्न सक्छौँ । जति लाखौँ युवाहरूलाई रोजगारी सृजना गर्न सक्छौँ त्यति सामाजिक न्याय त्यति नै प्रवर्द्धन हुन्छ ।’
निर्यात प्रवर्द्धन गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने प्रचण्डले बताए । त्यसैले अहिलेको बजेटमा कृषि र रोजगारलाई प्राथमिकता दिएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण