भारतसँगको सीमा समस्या समाधानका लागि सिंगो राष्ट्र एकताबद्ध हुनुपर्छ : सांसद सापकोटा
शुक्रबार, २६ जेठ २०८०, १९ : ०८
काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि सिंगो राष्ट्र एकताबद्ध हुनुपर्ने बताएका छन् । सांसद सापकोटाले भारतले नेपालको भूमिसहितको नक्सा आफ्नो नयाँ संसदमा राखेर गम्भीर गल्ती गरेको समेत बताए ।
भारतको सो कदम उसकै उन्नति, प्रगति र हितको पक्षमा नरहेको उनको भनाई थियो । शुक्रबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले विश्व बजारमा प्रतिस्पर्धामा जानुपर्ने बेलामा भारतले सीमामा विवाद खडा गरेर बस्नु कुनै पनि अर्थमा सही नभएको बताए ।
सांसद सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा दुई मुलुकबीचको सीमा समस्या समाधानका लागि भारतीय पक्षसँग छलफल गर्नु भएको पनि दोहो¥याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण