बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

माओवादीसँग पार्टी एकता गर्ने नेसपाको निर्णय

शुक्रबार, २६ जेठ २०८०, २१ : ५०
शुक्रबार, २६ जेठ २०८०

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)ले नेकपा माओवादी केन्द्रलगायत विचार र राजनीतिक एजेण्डा मिल्ने पार्टीहरुसँग समाजवादी मोर्चा बनाउँदै एकताका लागि पहल गर्ने निर्णय गरेको छ ।  

यही जेठ २५ र २६ गते बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष र सहअध्यक्षले प्रस्तुत गरेको प्रस्तावलाई  एकमतले पारित गरेको हो । 

बैठकले समाजवादी केन्द्र र ध्रुव निर्माणका लागि समाजवाद केन्द्रित कार्यक्रमसहित माओवादीसँग पार्टी एकाताका लागि वार्ता समितिले प्रस्तुत गरेको प्रस्तावको औपचारिक जवाफ आएपछि थप निर्णय गर्ने नेसपाले बताएको छ । 

यस्तै पार्टीले असारदेखि मंसिरसम्म संगठन निर्माण तथा विस्तार अभियान सञ्चालन गर्ने भएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप