मदिरा र 'गोत्र'ले राउटे समुदायको संख्या घट्दै
काठमाडौँ । लोपोन्मुख घुमन्ते राउटेको जनसंख्या घट्दो क्रममा छ । तत्कालीन जिल्ला विकास समिति सुर्खेतले पहिलो पटक २०७१ चैतमा राउटे समुदायका मानिसको फोटोसमेत खिचेर गणना गरेको थियो । त्यसबेला राउटेको सङ्ख्या १८४ थियो । अहिले त्यो सङ्ख्या घटेर १४१ मा भएको छ । राउटे समुदाय परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्दैनन् । राउटे समुदायमा एउटी महिलाले १८ वटासम्म बच्चा जन्माएको उदाहरण छ । यति हुँदाहुँदै पनि राउटेको सङ्ख्या किन घट्दै गएको छ त ? धेरैले मदिरा सेवनलाई यसको मुख्य कारण मान्छन् । मदिरासँगै राउटे समुदायको संख्या घट्नुको अर्को कारण 'गोत्र' सँग जोडिएको छ ।
राउटे समुदायका तीनवटा गोत्र छन्- रास्कोटी, स्ववंशी र कल्याल । राउटेको आफ्नै गोत्रमा बिहेवारी चल्दैन । रास्कोटी, स्ववंशी र कल्याल गोत्रबीच एक-अर्कासँग विवाह हुन्छ । यो समुदायमा कल्यालको संख्या अधिक छ । स्ववंशी र रास्कोटीको संख्या न्यून छन् । कल्यालको संख्या धेरै हुँदा यो गोत्रका उमेर पुगेका युवक-युवतीको विवाह हुन मुस्किल भएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुशासन र सेवा प्रवाहमा सकारात्मक प्रभाव देखियो : राष्ट्रपति पौडेल
-
सङ्घीयता कार्यान्वयन सम्बन्धी कानुन शीघ्र निर्माण : राष्ट्रपति
-
सरकारले गरिब घर पहिचान गर्ने, विद्युतीय चुलो, बीमा र ट्यूबेल निःशुल्क दिइने
-
चालू वर्षमा विकासले फड्को मारेको राष्ट्रपतिको दाबी, दुई सुरुङ छिचोलियो
-
अनन्त अम्बानी र राधिका मर्चेन्टको दोस्रो 'प्रि–वेडिङ' सुरु, क्रुज जहाजमा हुनेछ सबै कार्यक्रम
-
उद्योगमन्त्री भण्डारी र रोमानियाका राजदूत तानेबिच शिष्टाचार भेट