म्यानचेस्टर सिटीले जित्यो च्याम्पियन्स लिग : ग्वार्डिओलालाई एकै सिजन तीन ठुला उपाधि
काठमाडौँ । युरोपियन ब्यवसायीक लिग फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । म्यानचेस्टर सिटीले शनिबार राति खेलिएको फाइनलमा इटालियन सिरिए क्लब इन्टर मिलानलाई १-० गोलले हराउँदै च्याम्पियन्स लिगको उपाधि चुमेको हो ।
फाइनल खेल निकै प्रतिस्पर्धात्मक थियो । म्यानचेस्टर सिटीको जितमा रोड्री नायक बने । उनले निर्धारित समयको ६८औं मिनेटमा म्यानचेस्टर सिटीका लागि निर्णायक गोल गरेका थिए । म्यानचेस्टर सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।
यो सिजन म्यानचेस्टर सिटीले तीनवटा महत्वपूर्ण प्रतियोगिताको उपाधि चुमेको हो । पेप ग्वार्डिओलाको प्रशिक्षकत्वमा यो सिजन म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगका रुपमा पहिलो उपाधि जित्यो । त्यसपछि एफए कपको उपाधिमाथि म्यानचेस्टर सिटीले कब्जा जमायो ।
तेस्रो उपाधिका रुपमा म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग जितेको हो । म्यानचेस्ट सिटी एकै सिजन तीनवटा ठूला प्रतियोगिताको उपाधि जित्ने दोस्रो इङ्लिस क्लब पनि बनेको छ । यसअघि म्यानचेस्टर युनाइटेडले यस्तो उपलब्धि हासिल गरिसकेको थियो ।
पेप ग्वार्डिओला तीनवटा च्याम्पियन्स लिग उपाधि जित्ने तेस्रो प्रशिक्षक पनि बनेका छन् । यसअघि कार्लो एन्सोलोटी र जिनेदिन जिदानले तीनपटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए । यसअघि म्यानचेस्टर सिटी सन् २०२१ मा च्याम्पियन्स लिगको फाइनलमा चेल्सीसँग पराजित भएको थियो ।
च्याम्पियन्स लिगको उपाधि सबैभन्दा बढी पटक जित्ने क्लब भने रियल म्याड्रिड हो । रियल म्याड्रिडले हालसम्म १४ पटक च्याम्पियन्स लिगको उपाधि चुमेको छ । दोस्रो स्थानमा रहेको इटालियन क्लब मिलानले सात पटक उपाधि जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण