सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
अपराध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली चल्यो

आइतबार, २८ जेठ २०८०, १२ : २९
आइतबार, २८ जेठ २०८०

काठमाडौँ । काठमाडौंको त्रिभुवन विमास्थल नजिकै गोली चलेको छ । आइतबार बिहान लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागू औषधका कारोबारीमाथि गोली प्रहार गरेको हो । 

केन्द्रीय प्रवक्ता कुवेर कडायतले विमानस्थल नजिकैको सिनामंगलस्थित शम्भु मार्गमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा व्युरोको टोलीले गोली चलाएको रातोपाटीलाई जानकारी दिए । 

लागू औषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएपछि प्रहरी जवाफी फायरिङ गरेको हो  ।

प्रहरीको गोली लागेर घाइते भएका विकास भगवत उपचारको लागि केएमसी अस्पताल लगिएको छ ।  निजको साथबाट केही मात्रामा लागू औषध पनि बरामद भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप