अपराध
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली चल्यो
आइतबार, २८ जेठ २०८०, १२ : २९
काठमाडौँ । काठमाडौंको त्रिभुवन विमास्थल नजिकै गोली चलेको छ । आइतबार बिहान लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागू औषधका कारोबारीमाथि गोली प्रहार गरेको हो ।
केन्द्रीय प्रवक्ता कुवेर कडायतले विमानस्थल नजिकैको सिनामंगलस्थित शम्भु मार्गमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा व्युरोको टोलीले गोली चलाएको रातोपाटीलाई जानकारी दिए ।
लागू औषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएपछि प्रहरी जवाफी फायरिङ गरेको हो ।
प्रहरीको गोली लागेर घाइते भएका विकास भगवत उपचारको लागि केएमसी अस्पताल लगिएको छ । निजको साथबाट केही मात्रामा लागू औषध पनि बरामद भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण