मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

४ जना मृतावस्थामा फेला

आइतबार, २८ जेठ २०८०, १२ : ५२
आइतबार, २८ जेठ २०८०

काठमाडौं । देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार      दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोठली बस्ने ८२ वर्षीय मित्रलाल उपाध्याय आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।   यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका–८ शुक्रपथस्थित घरको पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष पनि मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी पर्वतको बिहादी गाउँपालिका–६ दलबिरेस्थित सेतिखोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । गोरखाको सिरानचोक गाउँपालिका–६ स्थित दरौदी खोलाको किनारमा पनि गोरखा सिरानचोक गाउँपालिका–६ चिलाउने गाउँ बस्ने ६६ वर्षीय पूर्णबहादुर पुलामी मृत अवस्थामा परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप