अर्थमन्त्रीलाई प्रदीप पौडेलको प्रश्न : नीति कार्यक्रममा छुटेका विषय बजेटमा कसरी सम्बोधन हुन्छन् ?
काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले बजेटबारे सांसदहरुले दिएको सुझावलाई सम्बोधन गर्ने विधिबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।
सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा आइतबार प्रतिनिधिसभा बैठकमा भाग लिँदै सांसद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रममा छुटेका विषय बजेटमा सम्बोधन हुने भनेकाले सो विषय कसरी समावेश गर्नु हुन्छ ? भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतलाई प्रश्न समेत गरे ।
‘केही दिन अगाडि नीति तथा कार्यक्रमको बारेमा संसदमा छलफल भइरहँदा सम्माननीय प्रधानमन्त्रीज्यूले नीति तथा कार्यक्रममा सन्दर्भमा उठेका विषयहरुलाई बजेटमा समावेश गरिनेछ भनेर भन्नु भएको थियो’, पौडेलले प्रश्न गर्दै भने, ‘म आफ्नो बोल्ने क्रममा प्रारम्भमा नै माननीय अर्थमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु–हामीले छलफलमा उठाएका यी विषयहरुलाई तपाईँले बजेटमा कसरी समावेश गर्नु हुन्छ ? यो संसदलाई स्पष्ट गराई दिनु हुन म अनुरोध गर्न चाहन्छु ।’
सांसद पौडेलले अर्थतन्त्रमा देखिएको समस्या आज उत्पन्न नभएको पनि बताए ।
‘यो लामो व्यथितिले उत्पन्न गरेको परिणाम हो । भर्खर मात्रै पूर्वअर्थमन्त्रीजीले भन्नु भयो कि विगतको निरन्तरताले अर्थतन्त्रको संरचनागत सुधार सम्भव छैन’ सांसद पौडेलले मुलुकको अर्थतन्त्र कमजोर हुनुमा विगतदेखिका बेथितिहरु मुख्य कारण रहेको औंल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण