बजेट प्रणालीमा सुधार गर्नुपर्छः गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बजेट प्रणालीमा नै सुधार गर्नुपर्ने बताएका छन् । बजेट कार्यान्वयनका लागि कानुन निर्माण गरेर मात्रै अघि बढ्ने प्रणालीको विकास गर्न सकेमात्रै यसको कार्यान्वयन सुनिश्चित हुने उनको तर्क थियो ।
आइतबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले बजेट निर्माणमा आफ्नो अधिकार प्रयोग नगरेकै कारण सरकारले सांसदहरुलाई हेप्ने गरेको गुनासो समेत गरे ।
पार्लियामेन्ट सिष्टममा सरकारसँग बहुमत हुने भएकाले सरकारले पेलेरै बजेट पारित गराउने र कार्यान्वयनको सुनिश्चित नहुने अवस्था भएकाले त्यसको अन्त्य हुनेगरी अघि बढनुपर्ने उनले बताए ।
महामन्त्री थापाले भने, ‘अर्थ मन्त्रालय वा सरकार हामीसँग डराईराखेको देखिरहेको हुँदैन । स्रोत के मा खर्च गर्ने, कसरी खर्च गर्ने ? यावत कानुन बनाउने अधिकार हामीसँग छ । त्यो अधिकारको हामीले प्रयोग गरिरहेका छैनौं । त्यो अधिकारको प्रयोग नगरेको हुनाले सरकारले हामीलाई हेप्छ । जे गरे पनि हुन्छ भन्छ । किनभने पार्लियामेन्ट सिष्टममा सरकारसँग जहिले पनि बहुमत हुन्छ । र, हामी कहाँ क्रस पार्टी काम गर्ने प्रचलन पनि छैन । त्यसैले माननीय सदस्यहरुलाई मेरो आग्रह चाँही यो बजेटत अव पास भएर जान्छ । मन्त्रीलाई पारदिनु है भनेर भन्नु पर्ने अवस्था हामीले आफ्नो हातमा भएको अधिकार प्रयोग नगरेर भएको हो । बजेट प्रणालीमा सुधार गरौं ।’
महामन्त्री थापाले करको दर फेरहेर गर्नका लागि राजस्व बोर्डनै गठन गर्न उपयुक्त हुने धारणा समेत राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेलिकप्टर दुर्घटनामा अमेरिकी गायक ओलिभर ट्रीको निधन
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण