सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

संविधान संशोधनका बेला प्रधानमन्त्रीको अग्निपरीक्षा हुन्छ : लिङ्देन

आइतबार, २८ जेठ २०८०, १७ : ०६
आइतबार, २८ जेठ २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टीले उपयुक्त समयमा हिन्दु राष्ट्र बनाउनका लागि संविधान संशोधनको प्रस्ताव ल्याउने बताउँदै त्यसबेला प्रधानमन्त्री पुष्पकमल दाहालको अग्निपरीक्षा हुने जिकिर गरेका छन् । प्रधानमन्त्री दाहालले पशुपतिनाथको दर्शन गर्नुको रहस्य राप्रपाले हिन्दु राष्ट्र बनाउनका लागि ल्याउने सोही प्रस्तावबाट पत्ता लाग्ने अध्यक्ष लिङ्देनले दाबी गरेका हुन् ।

आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देशको प्रधानमन्त्रीले हिन्दु राष्ट्रको मुद्दालाई अन्तर हृदयबाट नै स्वीकार गरेको भए स्वागतयोग्य रहेको बताए ।  यद्यपि उनले प्रधानमन्त्री दाहाल भारत भ्रमणमा गएर आएपछि मात्रै पशुपतिनाथको दर्शन गरेको आशंका व्यक्त गरे ।

‘हामी अत्यन्त खुसी हुन्छौँ, देशको प्रधानमन्त्री, मन्त्री, प्रतिनिधिले हिन्दु राष्ट्रको मुद्दालाई स्वीकार गर्नुभयो । नेपाली सन्तानले पशुपतिनाथप्रति आस्था व्यक्त गर्नु राम्रो हो । अन्तर हृदयबाट स्वीकार भएको भए राम्रो हो । त्यो भन्दा खुसी के हुन्छ र ?’ लिङ्देनले भने, ‘तर नक्कली बनेर यो देखाउनका लागि मात्रै गरिएको हो भने कसैलाई चित्त बुझाउनका लागि भयो भने दुर्भाग्यको कुरा हो । यो अन्तर हृदयबाट जागृत हुन्छ, कसैको दबाब, प्रभावबाट हुने होइन ।’ 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप