संविधान संशोधनका बेला प्रधानमन्त्रीको अग्निपरीक्षा हुन्छ : लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टीले उपयुक्त समयमा हिन्दु राष्ट्र बनाउनका लागि संविधान संशोधनको प्रस्ताव ल्याउने बताउँदै त्यसबेला प्रधानमन्त्री पुष्पकमल दाहालको अग्निपरीक्षा हुने जिकिर गरेका छन् । प्रधानमन्त्री दाहालले पशुपतिनाथको दर्शन गर्नुको रहस्य राप्रपाले हिन्दु राष्ट्र बनाउनका लागि ल्याउने सोही प्रस्तावबाट पत्ता लाग्ने अध्यक्ष लिङ्देनले दाबी गरेका हुन् ।
आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देशको प्रधानमन्त्रीले हिन्दु राष्ट्रको मुद्दालाई अन्तर हृदयबाट नै स्वीकार गरेको भए स्वागतयोग्य रहेको बताए । यद्यपि उनले प्रधानमन्त्री दाहाल भारत भ्रमणमा गएर आएपछि मात्रै पशुपतिनाथको दर्शन गरेको आशंका व्यक्त गरे ।
‘हामी अत्यन्त खुसी हुन्छौँ, देशको प्रधानमन्त्री, मन्त्री, प्रतिनिधिले हिन्दु राष्ट्रको मुद्दालाई स्वीकार गर्नुभयो । नेपाली सन्तानले पशुपतिनाथप्रति आस्था व्यक्त गर्नु राम्रो हो । अन्तर हृदयबाट स्वीकार भएको भए राम्रो हो । त्यो भन्दा खुसी के हुन्छ र ?’ लिङ्देनले भने, ‘तर नक्कली बनेर यो देखाउनका लागि मात्रै गरिएको हो भने कसैलाई चित्त बुझाउनका लागि भयो भने दुर्भाग्यको कुरा हो । यो अन्तर हृदयबाट जागृत हुन्छ, कसैको दबाब, प्रभावबाट हुने होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण