पत्रकार दासलाई आक्रमण गर्नेमाथि कारबाहीको माग
आइतबार, २८ जेठ २०८०, २१ : ३०
विराटनगर । मोरङ उर्लाबारीस्थित पूर्वी कमान्ड अनलाइनका समाचार प्रमुख पूजन दासमाथि साङ्घातिक आक्रमण भएको छ । समाचार सङ्कलन गरेर फर्किने क्रममा मोरङको रतुवामाई १० स्थित एक ग्यारेजमा मोटरसाइकल बिग्रिएर मर्मत गर्ने क्रममा ५/६ जनाको समूहले उनीमाथि आक्रमण गरेका हुन् ।
उनको अहिले उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचार भइरहेको छ । आफूलाई बिना कारण आक्रमण गरिएको दासले बताए । उनको मुखमा चोट लागेको छ ।
घटनामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाहीको माग गर्दै प्रेस सेन्टर मोरङले माग गरेको छ । सो सङ्गठनले समाचार लेख्ने, सङ्कलन गर्ने र प्रकाशन तथा प्रसारण गर्ने संवैधानिक अधिकारको रक्षा गर्दै शान्तिपूर्ण ढङ्गले काम गर्ने वातावरण सिर्जना गर्न पनि स्थानीय प्रहरी प्रशासनसमक्ष माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण